देश

मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी


काठमाडौँ – मन्त्रिपरिषदको नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने बताइएको छ । सीसीएमसीले विद्यालय बन्द गर्न गरेको सिफारिसका सम्बन्धमा पनि आवश्यक निर्णय हुने एक मन्त्रीले जानकारी दिए । सिसिएमसीले संक्रमणको जोखिम भएका सहरी क्षेत्रका विद्यालय वैशाखभरि बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । विद्यालयका बालबालिकामा जोखिम बढेको भन्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न सिसिएमसीले मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । मन्त्रालयले काठमाडौं उपत्यकासहितका १४ सहरका विद्यालय बन्द गर्नुपर्ने बताएको छ । यस्तै काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरिएको छ ।