राजनीति

सरकारद्वारा जसपाका १ सय २० जना नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता


काठमाडौँ – सरकारले जनता समाजवादी पाटी (जसपा)का १ सय २० जना नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिएको छ । सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको हो । सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराउनुभएको हो ।

उहाँले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत जनाउनुभयो । जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको बताइएको छ ।