कोरोना विशेष

पछिल्लो २४ घण्टामा ४८ सय ९७ कोरोना संक्रमण पुष्टि


काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ नमूनाको पीसीआर बिधिबाट परीक्षण गर्दा ४७ सय ७४ जना र ९ सय ५५ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २३ जना गरी ४८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै २ हजार भन्दा बढी छन् । काठमाडौँमा १४ सय ६४, ललितपुरमा ३ सय ५१ र भक्तपुरमा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणबाट भेटिएका कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ पुगेको छ ।

तिमध्ये आइसीयूमा ३ सय १७ र भेन्टीलेटरमा ९८ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो पटक संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसंगै मृतकको संख्या ३२ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।