कोरोना विशेष

काठमाडौँमा निषेधाज्ञासंगै उपत्यका छाड्ने बढे,टिकट अभावले घर फर्कन समस्या (भिडियोसहित)

केहि दिन अघिसम्म खालीखाली गुड्ने गाडिहरु यतिवेला प्यासेजमा समेत यात्रु बोकेर बाहिरिरहेका छन ।


काठमाडौँ – बिहीबारबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञाको हुनेभएपछि उपत्यका छाडेर बाहिरीनेहरु बढेका छन । नयाँ बसपार्क,कलंकि,कोटेश्वर साँगा लगायतका नाकामा बाहिरिनेहरुको चाप बढेको छ । परिणामत टिकट समेत अभाव हुन थालेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसंगै अहिले उपत्यका छाड्नेहरुको संख्या बढेको छ । मंगलबार काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्क उपत्यकाबाट बाहिरिनेहरुले दिनभर नै भरिभराउन रहयो । लामो दुरीका सवारी साधनहरुमा यात्रु खचाखच थिए भने उपत्यका छाड्न लागेका उनीहरुमा निषेधाज्ञा अघि नै घर पुग्ने चटारो देखिन्थ्यो । आफ्ना कुम्लोकुटुरो र लालाबाला सहित गन्तब्यमा निस्किएकाहरु भन्दै थिए–हामी पोहोरकै लकडाउने चेतियौ,यसपालीको दुईहप्ते निषेधाज्ञा अझै बढ्ने होकि ?


घर जानेहरुका लागि दुई दिनको समय रहेकोमा मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर बाहिरिनेहरुको भीड लागेको हो ।खासगरी कोटेश्वर,कंलकि, थानकोट साँगा लगायतका नाकामा यतिवेला उपत्यका छाड्नेहरूको भिड बढेको छ । त्यसबाहेक बालाजुतर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाड्ने मानिसको भिड उस्तै देखिन थालेको छन । केहि दिन अघिसम्म खालीखाली गुड्ने गाडिहरु यतिवेला प्यासेजमा समेत यात्रु बोकेर बाहिरिरहेका छन । परिणामत बस टिकट अभावको समस्या समेत देखिएको छ भने तोकिएको भन्दा बढि भाडा लिएको गुनासो यात्रुहरुले गर्न थालेका छन ।

निषेधाज्ञाका कारण शैक्षिक संस्था र कार्यालयहरु बन्द भएपछि उपत्यका छाड्ने र भित्रिने दुबैको संख्या वृद्धि भएको ट्राफिक प्रहरी महाशाखाको भनाई छ । सामान्यतया ३९ हजारको संख्यामा उपत्यका भित्रिने र लगभग सोहि संख्यामा बाहिरिने गरेकोमासोमबार मात्रै १२ बढिले उपत्यका छाडेको महाशाखाको तत्थ्याङले देखाउछ । त्यो संख्या मंगलबार ह्वात्तै बढेको छ भने बुधबार अझ उच्च हुने महाशाखाको भनाई छ ।
हुन त लकडाउनमा विना काम काठमाडौँमा रहनु भन्दा कृषीको समयमा यो जनशक्ति गाउ फर्किनु राम्रै हो । तर बाहिरिने सर्वसाधारणसंगै संक्रमण गाँउगाउ पुग्ने खतरा पनि उक्तिकै बढेको छ ।