समाचार

बिहीबारदेखि लाईसेन्सको अनलाईन आवेदन बन्द


काठमाडौँ – सवारी चालक अनुमति पत्रको अनलाईन आवेदन (लाईसेन्स) लिने प्रणाली बन्द भएको छ । यातायात व्यवस्था विभागले वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो।

विभागले आज कोरोना महामारी फैलिएको भन्दै एक सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो। विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना नआएसम्मका लागि चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको जानकारी दिनुभएको हो ।