कोरोना विशेष

भारतसँगको सिधा हवाई उडानमा अस्थायी प्रतिबन्ध लगाउने अस्ट्रेलियाको निर्णय


काठमाडौँ – कोरोना संक्रमणको रोकथामलाई मध्यनजर गर्दै अस्ट्रेलियाले भारतसँगको सिधा हवाई उडानमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतमा कोरोनाको बढ्दो संक्रमणपछि अस्ट्रेलियाले तीन हप्ताको लागि सिधा उडान अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भारतसँगको उडानलाई १५ मे सम्मका लागि रोक लगाउने जानकारी दिए । त्यसपछि उडान खोल्ने वा बन्द गर्ने भन्ने विषयमा पुनर्विचार गरिने मोरिसनले बताए । भारतमा दैनिक ३ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएसँगै विभिन्न देशले भारतसँगको हवाइ उडानमा रोक लगाउँदै आएका छन् ।