देश

राष्ट्रिय संगीतकार योगदानबाट संगीतकार बजगाई सम्मानित


काठमाडौँ — संगीत सृजनाबाट नेपालि संगीत उद्योगमा योगदान पुर्याएका संगीतकार राजेन्द्र बजगाईलाई राष्ट्रिय संगीतकार योगदान सम्मन २०७८बाट सम्मान गरिएकोछ । साङितिक क्षेत्रमा उनको योगदानको उच्च मुल्यांकन गर्दै ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ सिजन ४ मा सम्मानित गरिएको हो । चितवन जिल्लाको पिठुवामा २०४४ साल चैत्र १४ गते जन्मिएका उनी हाल बर्दिया जिल्लाको सितालाबजार निवासीको रुपमा नेपाली संगीत क्षेत्रमा नेपालि संगीत क्षेत्रमा संगीतकारको रापमा क्रियासिल छन ।

२०६४ सालमा कसले चोर्यो ओठको लाली गीतको संगीत सृजना गरेर व्यवसायिक संगीत यात्रा सुरु गरेका उनले हालसम्म आठ सय भन्दा बढी गीतमा संगीत सृजना गरेका छन । यो देशको लागि म, ट्राफिक जाम, ओ मेरो परान, जाला जोवन चिनी अमिलो, असारे मास सहित थुप्रै सफल गीतको संगीत शृजना गरेर तथा बिभिन्न गीतमा संगीत संयोजन गरेर उनले विभिन्न राष्ट्रिय अवार्ड तथा सम्मान पनि ग्रहण गरिसकेका छन ।