राजनीति

मतदान स्थलमा प्रदर्शन, स्थिति नियन्त्रण लिन पाँच राउण्ड अश्रुग्याँस प्रहार


काठमाडौँ – सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच जनकपुरधामस्थित मतदान स्थलमा झडप भएको छ । आज बिहान राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्जसहित पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

अश्रुग्यास प्रहारपछि मतदान स्थलबाट तितरवितर बनेको प्रदर्शनकारीले अहिले जनकपुरधामकै विभिन्न स्थानमा प्रदर्शन जारी राखेको छ । उनीहरुले ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै प्रदर्शन गरिरहेका छन् ।