Uncategorized

एमाले स्थायी कमिटी बैठक आज बस्दै


काठमाडौँ – आइतबार स्थगित भएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज आज अपराह्न ५ बजे बस्ने तय भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ । आइतबार एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका थिए ।

तर पछि अध्यक्ष ओलीले कार्यदलको बैठकको निर्णयपछि बस्ने भन्दै आजको लागि बैठक सारेका थिए । आइतबार राति पार्टी विवाद समाधान गर्न बसेको कार्यदलले १० बुँदे सहमति गरेको छ। आजको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी हुनसक्ने बताइएको छ ।