Uncategorized

काम छोडेर सिस्ने कन्ट्रक्सनका ठेकेदार बेपत्ता, अलपत्र प¥यो त्रिवेणीको पर्खाल निर्माण, स्थानीयको आक्रोश (भिडियोसहित)


काठमाडौँ— सल्यानको त्रिवेणी गाउँपालिकास्थित शारदा नदी किनारामा बन्दै गरेको पर्खाल अलपत्र पारेर ठेकेदार फरार भएका छन् । बर्षातको समयमा हुने कटान र बस्ती जोगाउन तीन वर्षअघि पर्खाल निर्माण सुरु भएपनि काम गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी सिस्ने कन्ट्रक्सन बेपत्ता भएको हो । यो कम्पनीका ठेकेदार दीपेन्द्र शाही नाम गरेका व्यक्ति हुन् । उनले अर्का पेटी ठेकेदार मित्र कडायतलाई निर्माणको जिम्मा लगाएका थिए । मित्रले चित्रबहादुर थापालाई फेरि ठेक्का दिए । तर काम अलपत्र पारी सबै ठेकेदार सम्पर्कविहीन भएका छन् । समयमै काम सम्पन्न नभएपछि स्थानीयले पटकपटक बाटो बन्द गराएका छन् । तैपनि ठेकेदारलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने काम भएको छैन ।बरु पर्खाल निर्माणको काम अलपत्र पारेपछि दुर्घटनाको जोखिम बढेको छ ।