Uncategorized

टीआरसी विधेयक अघि बढाउन एमाले सकारात्मक


काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सकारात्मक देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जोड दिँदै आएको शान्ति प्रक्रियासम्बन्धी काम अघि बढाउन एमाले सकारात्मक बनेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचका पछिल्ला पटक पटकका औपचारिक र अनौपचारिक संवादले विधेयक अघि बढाउने वातावरण बनेको हो ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक निर्धारित समयभन्दा झन्डै साढे दुई घण्टा ढिला गरी सुरु भएको छ ।