Uncategorized

बालकुमारी घट्ना : मन्त्री ज्वालाको पद धरापमा, युवाको ज्यान लिनेलाई के सजाय ? माधव तनावमा परे (भिडियोसहित)


काठमाडौँ— मन्त्रीहरुको हेरफेरमा वेलामा भाग बढाउने तयारीमा रहेको नेकपा एकीकृत समाजवादीमाथि संकट आईपरेको छ । बालकुमारी घटनामा पूर्वाधारमन्त्री प्रकाश ज्वाला दोषी देखिएपछि उनीमाथि राजिनामा दिनुपर्ने दबाब छ । जसले हचुवाका भरमा गोली चलेको समेत प्रष्ट हुँदा सरकारमाथि नै पनि प्रश्न छ । त्यसको क्षती न्यूनिकरण प्रचण्डले कसरी गर्छन ? चासो बढेको हो ।

बालकुमारी गोलीकाण्डमा अनेक फण्डा गरेर जोगिन खोजेका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको वास्तविकता छर्लङ भएको छ । घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेपछि पानि माथिको ओभानो हुने उनको प्रयत्न फेल खाएको हो ।

ज्वालाकै निर्देशनमा गाडी विपरीत दिशामा प्रवेश गर्दा उक्त घटना भएको आयोगको ठहर छ भने नैतिक जिम्मेवारी लिनुपर्नेबाट पछि हट्नुमा समेत प्रश्न गरिएको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरूणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई सदस्य रहेको उक्त आयोगले हचुवाकै भरमा गोली चलाएको समेत ठहर गर्दा त्यो बाध्यता मन्त्रीकै सवारीका कारण आईपरेको बुझ्न गाह्रो छैन् । जसलाई प्रहरीले यसअघिबाटै उम्किने बहाना बनाउँदा मन्त्री ज्वालाले पनि कुरा फेर्दै आएका थिए ।


सुरुमा उक्त घटनामा मन्त्रीलाई थुतेर गाडिबाट बाहिर ल्याएको र गाडिमा आगो लगाएको उनकै भनाई खवरहरुमा छापिएका थिए । लगत्तै कुरा फेरर आफूलाई सिंहदवार पुर्याएर फर्किएपछि गाडी आगजनी भएको थियो । फलत ः त्यसमा आफ्नो कुनै सम्बन्ध नरहेको उनको तर्कका बीच नैतिकताका आधारमा राजिनामाको विषय भने त्यतिवेला पनि उठेको थियो । जसलाई छल्न मन्त्रीकै गाडिमा आगो लगाएपछि गोली हानिएको भाष्य निर्माण गर्न खोजिएपनि त्यसको समेत वास्तविकता अर्कै रहेको तत्थ वाहिरिएको थियो । बाहिरिएका भिडियोहरुमा गोली चलेपछिमात्रै मन्त्रीको गाडीमा आगो लगाएको प्रष्ट देखिदाँ रोजगार माग्ने युवालाई सरकारको गरेको हत्या भन्ने संज्ञा नै दिईएको थियो । फलत ः १७ हजार प्लस २ जना भन्दै प्रदर्शन गरिदाँ त्यसप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमै असन्तुष्टि प्रस्तुत गर्दै आएका छन् ।

छानविन समितिले प्रतिवेदन बुझाएसंगै अछामका वीरेन्द्र शाहगोली लागेर तथा दैलेखका सुजन रावतको अश्रुग्यास लागेर मृत्यु भएको पनि यकिन गरिएको छ । यसले समग्रमा सरकारमाथि प्रश्न उठ्दा तत्काल राजिनामा दिनुपर्ने नैतिक दवाव मन्त्री ज्वालालाई छ । जसलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका सचेतक महेश वर्तौताले नै उठाँउदा घटना भएको दिन ज्वालाले घरेलु ड्राईभर लगेको तथ्य समेत बाहिरिएको छ । यसले उनीमाथि प्रश्न अझ बलियो बन्दा मन्त्री हेरफेरको सोचमा रहेका प्रचण्डलाई भने अर्को बहाना मिलेको छ । जहाँ मन्त्री ज्वालामाथि सडकमा रातो रंग पोतेर करोडौ रकम स्वाहा पारेको र काम गर्न नसकेको आक्षेप छ । यहि प्रकरणले थप भाग माग्ने एकीकृत समाजवादीको सपनामा पानी छ्यापीएको छ । अध्यक्ष माधव कुमार नेपाल च्याखे हानेर एउटा मन्त्री थप्ने लविङमा रहेका बेला भाकै मन्त्री खुस्किने संकट आएको छ। सरकारका मन्त्रीको काम सन्तोष जनक नभएका बेला, ज्वालाकै लहडले बालकुमारी घटना घटेको ठहर भएपछि मन्त्रीमाथि उठेका प्रश्नमा अर्को प्रश्न थपिएको छ । जहाँ सरकारमाथि त उनकै नेताहरुले समेत प्रश्न गर्दै आएका छन् ।

हुन त सरकार र मन्त्री माथि उठेको यो नै पहिलो प्रश्न हैन । सरकारका सवालमा खुलेका प्रत्येक फाईलनमा प्रश्न रहदाँ सरकारले गरेका निर्णयमा न्यायलयको रोकले स्वयम प्रधानमन्त्रीमाथि नै नैतिकताको प्रश्न उठेको थियो । जसलाई लोकतान्त्रिक व्यवस्थामा राज्यको एक अंगबाट भएको गल्ती अर्को अंकगले सच्याएको संज्ञा दिदाँ विवादित अभिव्यक्ति दिएपछि पर्यटनमन्त्री सुदन किराँती समेत नैतिकतामा फसेका थिए । त्यो भन्दा युवाको हत्या नै हुने यो अवस्था अझ गम्भिर प्रकृतीको घटना बन्दा त्यसलाई सम्बोधन गर्न सरकारले गरिरहेको आलटालले सरकार नागरिकको ज्यानप्रति गति संवेदनशील छ भन्ने समेत प्रष्ट पारेको छ ।