राजनीति

एमसीसीकै कारण सरकार ढल्ने चर्चा, गठबन्धनमा आयो दरार (भिडियोसहित)

हुबहु पारित होला त एमसीसी ?


काठमाडौँ – नेपालमा लामो समयदेखि एमसीसी चर्चा र बहसको विषय बनेको छ । एमसीसीकै कारण सरकार तथा मन्त्रीहरु फेरिन सक्ने अवसथा छ । वर्तमान सरकारलाई पनि एमसीसीको विषय पार लगाउनुपर्ने दबाव छ ।

नेपालमा चर्चा र वहसको विषय बनेको एमसिसि सम्झौताको सकस सत्ता गठबन्धनमा पनि पर्न थालेको छ । एमसीसीकै कारण वर्तमान सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । त्यसोत, एमसीसी सम्झौतालाई अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा रहेका प्रधानमन्त्री देउवा र संशोधन गर्नुपर्ने बताउँदै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धनभित्रै सहमति जुटाउन समस्या पर्दै गएको देखिन्छ ।

यता सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अगाडी बढाए त्यसविरुद्ध जाने चेतावनी दिईसकेका छन भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लिएर गठबन्धन भत्काउने षड्यन्त्र भएको अभिव्यक्ती दिएका छन । प्रधानमन्त्री भएपछि शेरबहादुर देउवा आफैंले एमसीसीबारे कुनै प्रतिक्रिया भने जनाएका त छैनन ।

यद्यपी आफ्नै अघिल्लो कार्यकालमा एमसीसी संझैता भएकोले पारित गराउनसक्ने तर्फ भने धेरैले अड्कल काटेका छन् । एमसीसीकै विषयलाई लिएर सत्तापक्ष सत्तापक्षबीच पुन: टकराव बढ्ने देखिएको छ ।

प्रधानमन्त्री छँदा केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा एमसीसीलाई जस्ताको त्यस्तै संसद्बाट अनुमोदन गराउने गरी अगाडि बढाउन खोज्दा तत्कालीन नेकपाभित्रैबाट प्रचण्डसहितका नेताहरूले विरोध गरेका थिए । संसद्को पाँचौं अधिवेशनको सुरुतिर ओलीले एमसीसी जसरी पनि सोही अधिवेशनमा अनुमोदन गर्नुपर्ने बताएका थिए । यति मात्र होइन, ओलीले पढ्दै–नपढी एमसीसीको विरोध भएको भन्दै असन्तुष्टि जनाएका थिए ।

एमसीसी तत्कालीन नेकपाको आन्तरिक राजनीतिक किचलोको एक मुद्दा बनेको थियो । जुन अहिले पनि कायम छ । नयाँ सरकार गठन भएपछि अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको सहयोग नेपालले लिन्छ कि लिँदैन ? भन्ने बहस फेरि सतहमा आएको छ । तर विज्ञहरु भने एमसीसीकै कारण सत्ता गठबन्धनमा फुट आउँन सक्ने विश्लेषण गर्न थालेका छन् ।

सरकारलाई गलपासो बन्ने गरेको एमसीसीको विषयले अब कस्तो रुप लिएला त्यो आगामी दिनले नै देखाउँनेछ । एमसीसीलाई पार लगानुपर्ने दबावमा रहेको सत्ता गठबन्धनमा पनि यो विषय कसरी अगाडि बढ्छ भन्ने विषलाई चासोको रुपमा हेरिएको छ ।