Breaking

पार्टीमा फर्कन विद्याको दाउ, ओली तह लगाउन उक्साउनेको लहर, कस्तो नजिर बसाल्न खोजिदैछ ?


काठमाडौँ – नेपालको पहिलो महिला राष्ट्रपतिको रेकर्डसहित दुई कार्यकाल बिताएकी विद्यादेवी भण्डारी एमालेकै भाषामा रिटार्ड जीवन बिताउनुपर्ने पात्र हुन् । सम्माजनक पदमा पुगिसकेकी उनलाई सोकेसको पात्र बनाउँन पुरै पार्टी नै लागेको छ । तर बारम्बार सक्रिय राजनीतिमा आउने संकेत गर्ने उनको पछिल्लो समय फेरि सक्रियता बढेको छ । के यसले उनी कम्युनिस्टको साझा नेतृत्वकर्ताका रुपमा उभिने सपनासहित राजनीतिमा सक्रिय हुने बाटोमा छिन् त ?

अबको बीस वर्ष कसैले नचिताए हुन्छ भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले जुंगामा ताउ लगाउँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । ओलीले केन्द्रीकरण गर्दै गरेको नेतृत्व,बनाउँदै लगेको विकल्पहिनताको अवस्थाले पार्टीभित्र साझा व्यक्तिको खोजी बेलाबेला हुने गरेको छ । जुन बहस एमालेको प्रदेश अधिवेशनका बेला अझ बढी उठ्दा कम्युनिस्टको मिलनकै लागि पनि भण्डारी साझा व्यक्तित्व हुन सक्ने चर्चा सुरु भएको थियो । अहिले वाम धुव्रीकरणको चर्चासहित माओवादी–एमाले एक ठाँउमा उभिएका छन्तर ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ईगोले समीकरणभन्दा माथि नपुग्ने अवस्था छ । यसलेसमेत भण्डारीको आवश्यकता महसुस भएको बहस गर्ने एक तप्का रहँदा उनी सक्रिय हुन्छिन् कि हुँदिनन् ?
भन्नेमा एमालेभित्रै दुई धार छ ।यही बीचमाराष्ट्रकै साझा व्यक्ति भइसकेकी उनी कहिले कम्युनिस्ट हिरक समारोहमा त कहिले मनमोहन स्मृति दिवसमा पुग्ने उनको बाटो स्वभाविक देखिँदैन । पछिल्लो समयउनले दिने सार्वजनिक अभिव्यक्तिसमेत पूर्वराष्ट्रपतिको भन्दा बढी राजनीतिक देखिँदाएमालेभित्र पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन पहल गर्नेहरूलाई यसले थप बल पुगेको छ । अर्थात पूर्वराष्ट्रपति पनि कुनै दलको नेता हुन सक्ने उनको संकेतबीच म किन राजनीतिमा आउन हुन्न भन्ने प्रश्न ? लाई समेत घुमाउरो पारामा स्थापित गराउन थालेकी छन् । जसलाई नेपालका कम्युनिस्ट पार्टीहरूलाई समग्र आन्दोलनको गहन समीक्षा गर्न उनले दिएको सुझावले बल पु¥याउँदा भणडरीले अघि बढेर कम्युनिस्टहरुलाई मिल्न आह्वान नै गरेकी थिइन् ।

तर अध्यक्ष ओली भण्डारीलाई सम्मानित पदमै राख्ने रणनीतिमा देखिँदा त्यसैको उपज भण्डारी राष्ट्रपति बन्न पुगेको चर्चासमेत छ । जहाँ ओलीले मुखै खोलेर भण्डारीलाई सम्मानित भूमिकामै बस्न आग्रह गर्दा नैतिक प्रश्नका कारण पनि उनी सक्रिय हुन नसक्ने एक समूहको तर्क छ । यही कारण उनी कतै बहसलाई चुल्याउने र अवस्था बुझ्ने रणनीतिमा त छैनन् ? प्रश्न उठेको छ । त्यस्तै देशकै प्रमुख भूमिकामा पुगेकी उनलाई एमालेले दिएको ‘गणतन्त्र गौरव’को सम्मानले नै उनी सोकेसमा सजिने व्यक्ति भएको संकेत गर्नेहरु पनि छन् ।

जसलाई भण्डारी सक्रिय राजनीतिमा नआउन् भन्ने अध्यक्ष ओलीकै इच्छासँग जोडिँदा वामपन्थीको साझा व्यक्ति हुन नसक्ने अर्को समस्यासमेत बाधक बनेको छ । जुन घेराबन्दी चीन नजिक भएको उनको व्यक्तित्वले तोड्न नसक्ने एकाथरीको बुझाईकाबीच राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तान त त्यो भण्डारीको दुस्सास हुने नै बताउँछन् । कुनै बेलाभूराजनीति नै त्यस्तै बनेको तथा एमालेभित्र पनि विद्या चाहने तप्का जबरजस्त बनेको भए पनि अहिले अवस्था फेरिसकेको उनको तर्क छ ।

हुन त उनी राजनीतिमा फर्किए डा.रामवरण यादवलेसमेत यही बाटो नरोज्लान् भन्न सकिँदैन । नजिर बसे त्यही बाटोमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसमेत आउने सम्भावना बढ्दा पहिलो तहका नेताहरुको विदावारी हुनुपर्ने बहस नै छायाँमा पर्ने छ । जुन अवस्था यसै पनि पटक पटक परीक्षण भएकालाई भोगेर वाक्क भएका नागरिकलाई निरासाको अर्को आधार बन्ने सम्भावना देखिँदानेतृत्व समय र आवश्यकताले जन्माउछ भन्ने तर्कलाई भने नकार्न सकिँदैन ।