खेलकुद

पीएम कप : आर्मीको जित सगैं फाइनल सम्भावना बलियो


काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १६४ रनको फराकिलो अन्तरले हराएको छ ।

यस जितले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने आर्मीको सम्भाबना बलियो बनेको छ । जितको लागि २८० रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा ११५ रनमा अल आउट भयो । कर्णालीका हिमान्शु शाहीले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक १९ रन बनाए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनाएको थियो । आर्मीको जितमा कप्तान विनोद भण्डारी १३२ बलमा ६ चौका र ३ छक्कासहित १०० रनको अविजित शतकीय इनिङ खेले । आर्मी ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । आर्मीले अव भोली सुदूरपश्चिम र बिहीबार गण्डकीसँग टियुमा खेल्नेछ । शीर्ष दुईमा रहेर फाइनल खेल्द दुबै खेलमा जित आवश्यक छ । पुलिस ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ ।

बागमती ९ खेलमा ६ मा हार र ३ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । १० टोली सहभागी लिगको शीर्ष दुई टोली फाइनल खेल्न पाउनेछन् । शीर्ष चार टोली इलिट ट्रफी खेल्न पाउनेछन् ।