यो देशका लागि अब ओली, देउवा र प्रचण्डहरु निर्णायक रहेनन् । उनीहरु खास घातक बन्ने पनि छैनन् । तर बिग्रिए र जनमतको अभिमत बिर्सिए बालेन शाह र रवि लामिछानेहरु नै सबैभन्दा घातक बन्नेछन् । किनकि यो देशका लागि सबैभन्दा निर्णायक उनीहरु छन् ।
न एउटाले अर्काेलाई असफल बनाउने छुट छ । न फुट्ने छुट छ ।
जनताका अपेक्षा पुरा नगरि भाग्ने, लत्तो छोड्ने वा पुरानै रवैया देखाउने छुट पनि छैन ।
पहिलेभन्दा शासकिय शैलीमा सुधार हुनुप¥यो । जनताले पाउने सेवामा सुधार हुनुप¥यो । जनताले राहदानी विभागको लाइन अन्त्य खोजेका छन् । वीर अस्पताल र शिक्षण अस्पतालको लाइन अन्त्य खोजेका छन् । यस्ता सेवामा होम डेलिभरीको कुरा गरेको सरकारसँग घरसम्मै पुग्ने लाइन खोजेका होइनन् ।


प्रतिक्रिया