काठमाडौं– यो आक्रोश सरकारको विरोध गर्नकै लागि विपक्षीले बुनेको कुनै राजनीतिक चाल होइन । यो आवेगको पछाडी दुई तिहाई सरकारमाथि आखाँ चिम्लेर गरिएको विश्वासको पनि धेरै थोरै भूमिका छ । नागरिकको आशा र अपेक्षा सरकारले पूरा गर्न नसकेपछिको परिणामको रुपमा समेत यो लाइनलाई अथ्र्याउन सकिन्छ । ६८ वर्षिय वृद्ध एक सिलिण्डर ग्यास पाउने आशामा घाम–पानी नभनी पाँच घण्टादेखि लाइनमा बस्छन् । सञ्चारमाध्यमलाई देख्नासाथ उत्पन्न यी वृद्धको आक्रोशले नै स्पष्ट पारेको छ कि सरकारप्रति नागरिकको धैर्यता टुटिसकेको छ ।
चुनाव अघि घण्टी बजाउँदै जनताको हरेक दुःखको सारथी बन्ने प्रण गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नै एकल सरकार हाँकिरहँदा विगत तीन सातादेखि देशमा ग्याँसको हाहाकार मच्चिएको छ । आधा सिलिण्डर ग्यास वितरण गर्दै आएको नेपाल आयल निगमले असार ३१ गतेबाट पूर्ण सिलिण्डर बिक्री गर्न थालेपछि एक सातासम्म वितरणमा केही समस्या आउन सक्ने अनुमान गरिएता पनि साउन मसान्तसम्म आईपुग्दा पनि अभाव अझै कायमै छ ।
देश


प्रतिक्रिया