काठमाडौं– सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसद र युवतीबीचको अन्तरंग तस्वीर सार्वजनिक भएपछि त्यसैलाई आधार बनाएर समाचार लेखेका वरिष्ठ पत्रकार किशोर श्रेष्ठ अहिले प्रहरीको फन्दामा परेका छन् । जनआस्था पत्रिकाका सञ्चालक तथा प्रधान सम्पादक किशोर श्रेष्ठले प्रकाशन गरेको समाचारले आफ्नो वैयक्तिक गोपनीयता हनन भएको दाबी गर्दै सप्तरी–३ बाट निर्वाचित रास्वपाका सांसद अमरकान्त चौधरीले उजुरी दिएपछि प्रहरीले रातारात श्रेष्ठलाई पक्राउ गरेको हो । सार्वजनिक पद धारण गरेका व्यक्तिको अन्तरंग तस्वीर, युवतीकै फेसबुकबाट सार्वजनिक भएपछि सोही तस्वीरका आधारमा समाचार कन्टेन्ट बनाउँदा त्यसले आफ्नो मानमर्दन भएको बुझाइ सांसद चौधरीको छ । यता, सोही तस्वीरमा देखिएकी युवतीले एक भिडियो सन्देश जारी गर्दै उक्त तस्वीर झुटो रहेको र त्यसमा कुनै पनि सत्यता नभएको स्पष्टीकरण दिएकी छन् ।
देश


प्रतिक्रिया