काठमाढौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बेलाबलमा चर्चा र आलोचनाको पात्रबन्छन् । शनिवार उनले सामाजिक सञ्जालमार्फत सिंहदरबामा आगो लगाउने चेतावनीसहितको अभिव्यक्ति दिए पछि बालेनको पक्ष विपक्षमा दुई कित्ता देखिएको छ । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साहले शनिवार राति ९ बजेर २१ मिनेटमा सिंहदरबारमा आगो लगाईदिने धम्की सहितको स्टाटस् लेखे ।
नामै काफी छ भने जस्तो बालेनले यति पोस्ट्याए पछि सिंहदरबारमा आगो नलागे पनि सामाजिक सञ्जालमा भने रातभरीनै आगो सल्कियो । बालेनले सिंहदरबारमा झोस्छु भनेको आगो सामाजिक सञ्जालमा यति रफतारमा सल्कियो कि १७ घण्टामा ३ लाख ८० हजारले लाईक, १ लाख १२ हजारले कमेन्ट र ४१ हजारले शेयर गरे । बालेनले धेरैलाई घायलपार्ने गरेर पोस्ट्याएको यो अभिव्यक्तिको भित्रीअन्तर्य उनको परिवारसंग जोडिएको छ ।
भिडियो


प्रतिक्रिया