Breaking

बालेनजस्तै आगो लगाउने प्रचण्डको अभिव्यक्ति, बोलीको ठेगान छैन, कुर्सी छोड्ने डर, मञ्चमै देखाए स्टन्ट


काठमाडौँ — प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादित अभिव्यक्ति दिँदै आएका छन् । जिम्मेवार पदमा रहेको व्यक्तिले कस्ता अभिव्यक्ति दिने भन्ने सामान्य हेक्कासमेत प्रधानमन्त्री प्रचण्डले राख्दैनन् । देशको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्रीका हरेक अभिव्यक्तिले अर्थ राख्छ । देश कता जाँदैछ भन्ने संकेत गर्छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति–नाम होस् या बदनाम, तर गुमनाम नहोस् भन्ने लाइनमा देखिन्छ ।

आमनागरिकलाई अनुशासन र मर्यादा सिकाउनुपर्ने प्रधानमन्त्रीको उत्तेजित अभिव्यक्तिले समाजमा विभाजन ल्याउनेतर्फ प्रचण्डको ध्यान गएको छैन । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत चन्द्रागिरीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री पदबाट हटाए सडक संघर्ष चर्काउने सोचिरहेको भन्दै आमनागरिकलाई उक्साए ।

मास देखेर हौसिने प्रचण्ड अभिव्यक्तिकै कारण पटक पटक विवादमा पर्दै आएका छन् । आफूलाई प्रधानमन्त्री बनाउन भारतले महत्वपूर्ण भूमिका रहेको भन्दै दिएको अभिव्यक्तिका कारण प्रचण्डले सदनको रोष्टममै उभिएर माफी नै माग्नु परेको थियो । प्रचण्डले आफु जातीय राज्य स्थापन गर्ने पक्षमा रहेको र जनताको साथ चाहेको भन्दै पहिचानवादीको आन्दोलनमा आगोमा घ्यू थप्ने काम गरेका थिए ।

प्रचण्डले केही वर्षअघि सार्वजनिक कार्यक्रममा द्वन्दकालमा मारिएका १७ हजार मध्य आफूले ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएका छन् । जनताको सहानभूति कसरी बलुट्ने भन्नेमा प्रचण्डको ध्यान छ ।सार्वजनिक कार्यक्रमबाटै फोन गरेर भाषणकै शैलीमा कर्मचारीलाई निर्देशन दिन पनि प्रधानमन्त्री पछि पर्दैनन् ।

दर्शकदीर्घाबाट ताली बज्दै जाँदा प्रधानमन्त्री प्रचण्ड हौसिन्छन र मार्यादासमेत ख्याल नगरी अभिव्यक्ति दिन्छन । प्रधानमन्त्रीले सोच विचार गरेर मात्रै बोल्नुपर्छ ।जिम्मेवारी प्राप्त व्यक्तिले अभिव्यक्ति दिँदा उत्तेजित र आवेग नआइ संयमित बन्नुपर्ने विज्ञहरू औल्याउँछन् । बाइट राजनीतिक विलेश्षक कार्यकारी प्रधानमन्त्री पद गरेर देखाउने ठाउँ हो । जनताले भाषणमा होइन, काममा परिवर्तन खोजेका छन् । प्रधानमन्त्री भीडमा बहकिएर होइन, सिंहदरबारका घोत्लिएर अघि बढ्न सक्नुपर्छ ।