काठमाडौँ — क्यानडाको धेरै जंगलहरुमा आगलागी भएको छ । पश्चिमी प्रान्तका ब्रिटिश कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरुमा डढलो लागेको हो । विभिन्न जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछी आपतकाल घोषणा समेत गरिएको छ । क्यानडाको पश्चिमी प्रान्तका ब्रिटिश कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरुमा डढलो लागेको छ । खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रण बाहिर रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा करिव २० ठाउँमा डढेलो लागेको छ । धेरैजसो डढेलो चट्याङका कारण लागको अन्तराष्ट्रिय संचार माध्यम हरुले जनाएकाछन् ।
देशभर ४२० स्थानमा डढेलो लागेको छ । डढेलो नियन्त्रण बाहिर गएपछी आपतकाल घोषणा समेत गरिएको छ । पश्चिमी प्रान्त ब्रिटिस कोलम्बिया र उत्तरपश्चिम क्षेत्रका जंगलहरूमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछी हजारौं सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । अझै ६५ हजार बढीलाई स्थानान्तरण गराउन आदेश दिइएको छ । ब्रिटिस कोलम्बियाले गएको हिउँददेखि नै खडेरीको सामना गरिरहेको छ । यस्तै, क्यानडाको उत्तरी क्षेत्रमा पनि पानी नपर्दा डढेलोको जोखिम बढेको छ । बिगत दुई सातादेखिको खडेरी र उच्च तापक्रमका कारण डढेलो लाग्ने क्रम बढेको हो ।
एकै दिन देशका २० भन्दा बढी जंगलमा डढेलो लागेको र त्यसबाट लाखौं हेक्टरको जंगल समेत नष्ट भएको जनाइएको छ । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र हेलिकप्टर परिचालन गरिएको छ । जंगलमा लागेको डढेलो बस्तीमा फैलिने संभावना बढेपछि हजारौं मानिस त्यस क्षेत्रबाट भागेका छन् । अधिकारीहरुले डढेलो बस्तीमा सल्किने खतरा बढेको चेतावनी दिएपछि उत्तरी प्रान्तको राजधानी एलोनाइफ शहरको विमानस्थलमा मानिसहरुको भीड लागेको छ । त्यहाँबाट कम्तिमा २० हजार मानिसले शहर छाड्ने अनुमान गरिएको छ ।
विमानस्थलमा भीड थामिनसक्नु भएपछि विमानस्थल अधिकारीहरुले कम्तिमा दुई घण्टा पहिले विमानस्थल पुगेर आफ्नो सिट सुरक्षित गर्न भनेका छन् । गत साता अमेरिकाको हवाइमा यस्तै डढेलो शहरमा सल्किंदा कम्तिमा सय जना भन्दा बढीको मृत्यु भएको थियो । जसका कारण पनि मानिसहरुमा त्रास निकै बढेको बताइएको छ । क्यानडामा अत्यधिक तापक्रम वृद्धिले यो वर्ष मात्रै एक हजार बढी आगलागीका घटना भएका छन् ।


प्रतिक्रिया