Breaking

मौसममा क्रमिक सुधार, तीन दिनसम्म भारी वर्षाको सम्भावना

योहो संवाददाता

काठमाडौँ – मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरमै अवस्थित रहेपनि आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पानी पार्ने जलवाष्पयुक्त वायु कमजोर हुँदा केही दिन हल्कादेखि मध्यम वर्षाको मात्रै पूर्वानुमान् छ । शनिबारको तुलनामा आइतबार मौसममा थप सुधार देखिएको थियो । आज र भोलि अझै सुधार देखिने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । भारतको आसामतिर बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका पूर्वी भूभागमा सामान्यदेखि आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

अहिले कोशी प्रदेशका अधिकांश भूभाग, मधेश र बागमती प्रदेशका एक/दुई स्थानहरूमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक(दुई स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ । दिउँसो काठमाडौँ उपत्यकामा पनि आंशिकदेखि सामान्य बदली भई एक दई स्थानमा छिटफुट वर्षा हुने सम्भावना देखिएको मौसमविद् मानन्धरले जानकारी दिइन् ।

रातिपनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । मनसुन अवधिभर मौसम सुधार हुने र फेरि बदली हुने चक्र चलिरहने महाशाखाले जनाएको छ ।