विदेश

रुसमा पुटिनविरोधी बाँच्नै गाह्रो, को–को परे निशानामा, यसरी मारिए विरोधी

योहो संवाददाता

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शासनकालमा विपक्षीको हत्या कुनै न कुनै दुर्घटना वा रहस्यमय प्रकृतिबाट हुने गरेको छ । रहस्यमय मृत्युसंगै पुटिनसंगको सत्रुता विपक्षिका लागि जीवन दाउँमा राख्नु बराबर हो । पुटिनबिनाको रुस के को रुस ? यो विचार हो, रुसी जनताको । अनि यस्तै विचार प्रतिध्वनित हुन्छ ती लाखौँ रुसी जनतामा, जसले वर्षौदेखि पुटिनलाई प्रधानमन्त्री र राष्ट्रपतिका रूपमा शक्तिमा विराजमान रहन उत्प्रेरित गरिरहेकाछन् । पुटिन रुसमा सबैभन्दा लामो समयसम्म शासन गर्ने नेता हुन् । रुसी जनताले उनलाई सन् १९९९ मा पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त गरे पश्चात सन् २००० देखि २००८ सम्मका लागि राष्ट्रपति चुनिए । यीनको सत्ता श्रृखंला यतिमा मात्रै सिमीत रहेन् ।

फेरि सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बने । २०१२ मा पुनः राष्ट्रपति बनेका पुटिन् अहिले पनि सत्तामै छन् । पुटिनले यो कार्यकाल सकिएपछि फेरि चुनावमा उठ्ने वा, उठ्ने मुख खोलेका छैनन् । तर शक्ताको चास्नी चाखेका पुटिनलाई सत्ता बाट उत्रिएर निसस्त्र भई पूर्व राष्ट्रपतिकै हैसियतमा बस्ने पटकै मन छैन् । त्यही भएर उनले संविधान संसोधन गरेरै सन् २०३६ सम्म सत्तामा टेको लागि रहेने दाउँ रचेकाछन् । पुटिन सासनमा विपक्षीहरु हायल कायल छन् ।

दम्भ र शक्तिमा रहेका पुटिनसंगको टक्कर विपक्षिका लागि भारी पर्ने गरेको छ । गत बुधबार रुसको आकाशमा विमान दुर्घटना भयो । विमानमा रहेका १० जनामध्ये एक विद्रोही सैन्य समूह वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन थिए । प्रिगोजिनलगायत विमानमा सवार सबै दुर्घटनामा मारिए । प्रिगोजिन तिनै विद्रोही सैन्य नेता थिए, जसले करिब २ महिना अघि पुटिन प्रशासनसँग विद्रोह गरेका थिए । रुसी राजनीतिको दाउँपेच हेर्दा पुटिनसँग शत्रुता साँधेका प्रिगोजिनको आयु छोटियो ।

राजनीतिमा आउनुअघि पुटिन सोभियत जासुसी संस्था केजिबीका एक अधिकारी थिए । सायद त्यसैले हुनसक्छ, पुटिन शासनकालमा विपक्षीको हत्या कुनै न कुनै दुर्घटना वा रहस्यमय प्रकृतिबाट हुने गरेको छ । तसर्थ, प्रिगोजिको हत्यालाई पनि शंकास्पद रुपमा हेरिएको छ । विद्रोह र सम्झौतापछि पुटिनले प्रिगोजिनलाई अफ्रिकी मिसनको कमाण्ड दिएका थिए । सायद त्यसपछि प्रिगोजिनलाई पुटिनबाट आफूले क्षमा पाएको र सुरक्षित भएको महसुस भएको थियो । तर, पुटिन प्रिगोजिनसँग बद्ला लिने उपयुक्त अवसरको प्रतीक्षामा छन् भन्ने धेरैको बुझाइ थियो ।

सन् २००३ को अप्रिल १७ मा सर्गेइ युनेस्कोको हत्या भएको थियो । उनले त्यतिबेला संसदीय चुनावमा भाग लिन निर्वाचन आयोगमा लिबरल रसियन पार्टी दर्ता गराएका थिए । उनको पार्टीले देशभरि उम्मेदवार दिने घोषणा गरेको थियो । त्यसको १ घण्टाभित्र अज्ञात व्यक्तिले गोली हानी उनको हत्या गरेको थियो ।

पुटिन आफ्ना विरोधिहरुलाइ यसरीनै रफादफा गर्छन् र त्यसैमा रमाउँछन् । पुटिनको कार्यकालमा यी र यस्ता अन्य धेरै हत्यामा रुसी जासुसी संस्थाको हात हुन सक्ने अनुमान गरिन्छ । यस्तै घट्नाक्रमलाई नियाल्दा शत्रुका लागि रुसी राष्ट्रपति पुटिन घातक सावित हुँदैछन् ।उनिसंगको पौठाजोरी खेल्नेहरुले ज्यानै दाउँमा लगाउनु पर्ने देखिन्छ ।