Breaking

शान्त धरान, ठूला नेता नै आगो बाल्न खोज्दै ? बाबुरामको आक्रोश, रवि भन्छन्, हर्कले संविधान मान्नुपर्छ


काठमाडौँ — धरानको धार्मिक र जातीय दंगाको सम्भवनालाई सरकारले तत्काललाई रोक्न सफल भएको छ ।जिल्ला प्रशासन कार्यलय सुनसरीले निशेधाज्ञा नै जारी गर्दा सम्भावित मुडभेड हुन सकेन । तर, गौहत्या र हिन्दु मन्दिर अगाडि चर्च बनेपछि उत्पन्न विवादलाई साम्य कसरी गर्ने भनेर उपायको खोजि गर्नुपर्ने राजनीतिक दलका नेताहरु भने यसलाई राजनीतिक रंग दिएर नागरिक भड्काउने अभियानमा देखिन्छन् ।

एकअर्कामा आरोपको राजनीति गर्दा मिलेर बसिरहेको समाजलाई विभाजित गराउने खतरा बढेको छ । मन्दिरको अगाडि चर्च बनाएको र गौहत्या गरेर भोज लगाएको घटनाले सुनसरीको धरान उपमहानगरपालिकामा हिन्दुबादीहरु आक्रोशित छन् । शनिबार उनीहरुले त्यहि घटनाको विरोधमा धरान पुगेर प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए ।पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत नै करिब ५ सय हिन्दुबादीहरु ईटहरीमा जम्मा भएर हिडेर तहरासम्म पुग्दै थिए । उता गोरु काटेर खुलेआम खान पाउनुपर्ने मागसहित अर्को समूह पनि आफ्नो संघर्षलाई सशक्त बनाउँदै थियो ।

दुबै समूहले आफ्नो शक्ति प्रदर्शन गर्ने भएपछि सामाजिक सद्भाव भड्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै शनिबार विहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो । निशेधाज्ञा नै जारी गरेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दा तत्काललाई हिंसात्मक अवस्था आउन सकेन । तर, मन्दिर अगाडी क्रिष्टियनहरुको चर्च भवन बनेको र खुलेआम गौहत्या गरेर हिन्दु धर्ममाथि प्रहार भएको भनेर हिन्दुबादीहरु प्रदर्शनमा उत्रँदै गर्दा यसमा मलजल गर्ने काम राजनीतिक नेतृत्वहरुले नै गरिरहेको देखिन्छ ।

जातीय र धार्मिक द्धन्द निम्त्याउने उदेश्यले विस्तारै सामाजिक सद्भाव भड्काउने काम हुँदै गर्दा नेताहरु पनि दन्किईरहेको आगोमा घ्यु तेल थप्ने काम गरिरहेका छन् ।जातीयता र धार्मिक द्धन्द भड्काउने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गरिरहेको एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आरोप छ ।

अहिलेको द्धन्द निम्तिनुमा प्रधानमन्त्री प्रचण्डमाथि दोष थोपर्ने काम एमाले अध्यक्ष ओलीले मात्रै होइन, कांग्रेस नेता शेखर कोइरालाले पनि गरिरहेका छन् ।धार्मिक सद्भाव लड्खडाइरहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले थप द्वन्द्व निम्ताउने प्रयास गरिहेको उनको आरोप छ। यो विषयलाई केही सांसदहरुले संसद वैठकर्म पनि प्रवेश गराएका छन् । राजनीतिक दलका नेताहरु नै एकआपसमा भिड्न थाल्दा यसरी नै अघि बढ्ने हो भने यो देशमा ढुंगा र माटोबाहेक केही नरहने बताउँछन् नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका केही फाईलहरु खोलेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यस्तोमा राजनीतिक दलका केही नेताहरु समातिएका छन् भने केहीको नाम अगाडि आउँदा एक–अर्काबीच कसरी हुन्छ बचेर अघि बढ्ने राजनीतिक प्रतिष्पर्धा सुरु भएको छ ।

यहि समयमा समाजको सद्भाव खल्बल्याएर अनियमिताको विषयलाई ओझेलमा पार्ने प्रयास भएको विष्वायलाई नकार्न सकिँदैन । जातजातीबीचको द्धन्द हटिसक्दा अहिले फेरि मिलेर बसिरहेका नागरिकहरुबीच एक अर्काको आस्था र विश्वासमा आँच आउनेगरि गतिविधि भईरहेको पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बताउँछन् । गाईगोरु काट्न संविधान र कानुनले वर्जित गरेका कारण कसैले पनि मान्दिनँ भन्न नपाइने उनको तर्क छ ।

उसो त, कोशीमा सामाजिक सद्भाव भडिकएको लामै समय भयो । पहिचानकै आधारमा प्रदेश नामाकरण गर्नुपर्ने माग सहित भड्किएको हिंसामा परेर केही अंगभंग भएका छन् भने एकजनाले ज्यान नै गुमाउनुपरेको छ । पहिचानको मुद्दाबाट भड्किन सुरु भएको सामाजिक सद्भाव जातीय र धार्मिक द्धन्दसम्म आईपुगेको छ, यो बनको डढेलोझैँ दैशैभर फैलने अवस्थामा छ ।

सामाजिक सद्भाव कायम गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा रहेका नेताहरु नै एकआपसमा भिड्न खोज्दा सामाजिक सद्भाव झनै खल्बलिने खतरा बढेको हो । जात व्यवस्था नै उन्मुलन गर्नुपर्ने अभियानमा रहेका वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुती) यसो भन्छन् ।

सामाजिक सद्भाव खल्बल्याएर राजनीतिको राटी सेक्ने काम जिम्मेवार नेतृत्वले पटक्कै गर्नुहुँदैन । यो विषय भड्कँदा भारतको मणिपुरमा सयौँ जनाले ज्यान गुमाएका छन् भने अहिले पनि हिंसा रोकिएको छैन । छिमेकमै देखिएको त्यो दृश्यलाई मध्यनजर गर्दै सामाजिक सद्भाव कायम गर्नेतर्फ लाग्नुपर्ने विषयलाई नेतृत्वले नकार्न हुँदैन ।