देश

क्रिकेटर सन्दीप मुद्दाकी पीडित किशोरीले गरिन् आत्महत्याको प्रयास


काठमाडौँ— क्रिकेट सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित किशोरी नाम परिवर्तन (गौशाला २६) ले आत्महत्या प्रयास गरेकी छन् । माइती नेपालको संरक्षणमा रहेकी उनले प्रेस्क्राइब गरिएको औषधि धेरै खाएर आत्महत्या प्रयास गरेकी हुन् । उनी अहिले मनोचिकित्सकको परामर्शमा समेत थिइन् । उपचारको क्रममा चिकित्सकले उनलाई औषधि प्रेस्क्राइब गरेका थिए ।

उनको अहिले काठमाडौँको एक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले उनलाई भर्ना गरेर उपचार गरिरहेको छ। अहिले उनी खतरामुक्त रहेको अस्पताल स्रोतले उकेरालाई जानकारी दियो । जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि गौशाला २६ ले आत्महत्याको प्रयास गरेकी हुन्। क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ ।