विदेश

वागनरको अन्त्यमा युक्रेन खुशी, पुटिन कति दोषी ?

योहो संवाददाता

काठमाडौँ — वागनर समूहका प्रमुखलगायतको विमान दुर्घटनामा भएको मृत्युमा रुसले युक्रेनलाई दोष लगाएको छ । रुसप्रति वाफादार प्रिगोजिन युक्रेनका लागि खतरा भएकाले उनी सवार विमान दुर्घटनामा युक्रेनको हात रहेको दाबी उसको छ । वागनर सेनाका प्रमुख येभगेनी प्रिगोजिनको गत बुधबार रुसी शहर तेवेरमा विमान दुर्घटनामा मृत्यु भएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका वागनर सेनाका प्रमुख येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा बुधवार राति मृत्यु भयो । येभगेनीको मृत्युसंगै यस हवाइ दुर्घटनालाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ ।

कतिपयले रूसलेनै उक्त विमान खसालेको बताएका छन् । तर रुसले वागनर समूहका प्रमुखलगायतको विमान दुर्घटनामा भएको मृत्युमा युक्रेनलाई दोष लगाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व सल्लाहकार सर्गेइ मार्गोवले संञ्चारकर्मीसँग कुराकानी गर्दै रुसप्रति वाफादार प्रिगोजिन युक्रेनका लागि खतरा भएकाले उनी सवार विमान दुर्घटनामा युक्रेनको हात रहेको दाबी गरेका छन् । मार्कोवले वाग्नर रुसका लागि समस्या नभएको दाबी पनि गरेका छन् ।

केही हप्ता अगाडी मात्रै प्रिगोजिनले रुसी रक्षामन्त्रीविरुद्ध विद्रोह गरेका थिए । युक्रेनको लडाइँमा अग्रपंक्तिमा रहेको वागनरलाई रुसको रक्षामन्त्रालयले पर्याप्त हतियार उपलब्ध नगराउँदा आफ्ना धेरै सदस्य मारिएको भन्दै त्यसको मूल्य रुसले चुकाउनुपर्ने चेतावनी दिएका थिए । रुसको लागि म निकै लडेँ अब मेरो लडाकुको अधिकारका निम्ति लड्दैछु । लडाइँ मैदानको अग्रभूमिमा खटाएर हतियार नदिने रक्षा मन्त्रीको हत्या बाहेक वागनर समूहको अर्को उद्देश्य छैन ।

तर वागर समूहको आक्रमण २४ घण्टामै साम्य भएको थियो । त्यो हो बेलारुसका राष्ट्रपति अलेक्सजेण्डर लुकासेन्कोको मध्यस्थतामा प्रिगोजिन र पुटिनबीच वार्ता भएको थियो । उता युक्रेनले भने वाग्नर प्रमुख प्रिगोजिनको मृत्यु आफ्ना लागि खुसीको खबर भएको बताएका छन् । युक्रेनी रक्षामन्त्रीका एक सल्लाहकारले भनेका छन् । एक आतंकवादी कम हुनुको मतलब रुसमा अधिक अस्थिरता छ । यसले रुस असफल राज्य हो भन्ने संकेत गर्छ ।

रुस आतंकवादीबाट शासित छ र त्यहाँको सरकार आफ्नै जनतासँग डराउँछन् । गत बुधबार रुसी शहर तेवेरमा प्रिगोजिनसँगै १० जना सवार विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो । विमानमा सात यात्रीसहित चालक दलका तीनजना सवार थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेना प्रमुख येभगेनीको विमान दुर्घटनामा मृत्यु भएकोमा पहिलो पटक प्रतिक्रिया दिएका छन् ।

पुटिनले दुर्घटनामा मारिएका सबै यात्रुका परिवारलाई श्रद्धाञ्जली दिएका छन् । त्यस्तै वाग्नर समूहका संस्थापक प्रिगोजिनलाई एक प्रतिभाशाली व्यापारी बताए । आफ्नो टेलिभिजन सम्बोधनमा पुटिनले भने, ‘यो घटनाको अनुसन्धान भइरहेको छ । अनुसन्धानकर्ताहरूले के भयो भनेर हेर्नेछन् तर यसमा समय लाग्नेछ, रुसी राष्ट्रपतिको भनाई छ ।