काठमाडौँ — चन्द्रमाको दक्षिणी ध्रुवमा को पहिला पुग्ने भन्ने प्रतिस्पर्धा भारत र रुसबीच रहन्दा रुसले भने असफलता बेहोर्नुपरेको छ । भारत भने अहिले पनि आफ्नो चन्द्रयान दक्षिणी ध्रुवमा सफल रुपमा पुर्याउने कोशिशमा छ । रुसको अन्तरिक्ष यान अनियन्त्रित रुपमा चन्द्रमाको परिक्रमा गर्दागर्दै दुर्घटनाग्रस्त भएको छ । १४ जुलाईमा भारतको आन्ध्र प्रदेश श्रीहरिकोटाबाट उडेको चन्द्रयान २३ अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजनामा छ । यस्तोमा भारतको चन्द्रयान पनि सफल या असफल के होला भन्ने चासो बढेको छ ।
अमेरिका, रुस, चीन र भारतलगायत प्रमुख शक्तिशाली राष्ट्रहरु भू उपग्रह चन्द्रमाको बारेमा जान्न तछाड मछाड गरिरहेका छन् । पछिल्लो समय भारत र रुसबिच चन्द्रमामा को पहिले पुग्ने भन्ने प्रतिस्पर्धा नै देखियो । तर, रुसले चन्द्रमाको दक्षिण ध्रुवमा पुग्ने सपना अहिलेलाई पुरा हुन सकेन । भारतले भने सफल अवतरणको प्रयास गरिरहेको छ । चन्द्रयान–३ मिसन १४ जुलाईमा आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट उडेको थियो । यस्ले २३ अगस्टको साँझ चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्ने योजना बनाएको छ । रुसले पनि लुना–२५ अन्तरिक्ष यान ११ अगस्टमा चन्द्रमाको यात्रामा पठाएको थियो ।
यो पनि दक्षिण धु्रवमा नै अवतरण हुने तालिका थियो । यो यान भारतको चन्द्रयान ३ भन्दा पहिले नै अवतरण हुने विषयले अन्तरिक्ष क्षेत्र निकै तातेको थियो । तर रुसका लागि यो खुुशि धेरै दिन टिक्न सकेन । रुसको लुना–२५ अन्तरिक्ष यान अनियन्त्रित रुपमा चन्द्रमाको परिक्रमा गर्दा गर्दै चन्द्रयान–१ को मुन इम्प्याक्ट प्रोब, चन्द्रमाको दक्षिणी ध्रुवमा दुर्घटनाग्रस्त भयो । अहिलेसम्म कुनै पनि देश चन्द्रमाको दक्षिणी धु्रवमा पुग्न सकेको छैन ।
पछिल्लो झन्डै ५० वर्षमा यो चन्द्रमामा रुसको पहिलो अभियान थियो । चन्द्रयान–३ मार्फत, इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले भारतलाई चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्ड गर्ने पहिलो देश बनाउने प्रयास गरिरहेको छ । रुसले अगस्ट ११ मा प्रक्षेपण गरेको लुना २५ पनि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बन्ने तयारी गरिरहेको थियो तर रुसको लागि त्यो मिसन असफल भयो ।
चन्द्रमाको दक्षिणी ध्रुवमा त्यहाँको तापक्रम रातमा माइनस १२० डिग्री र दिनमा माईनस १८० डिग्रीसम्म पुग्ने वैज्ञानिकहरुको भनाई छ । तर धु्रवहरूमा अरबौँ वर्षदेखि सूर्यको किरण नपाएको केही क्षेत्रहरूमा तापक्रम शून्यदेखि माइनस २३० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । यसको एउटा अर्थ यो हो कि यहाँ माटोमा जम्मा भएका चीजहरू लाखौं वर्षदेखि उस्तै छन् । इसारो यी चीजहरूको अनुसन्धान गर्न दक्षिण धु्रव नजिकै अवतरण गर्ने प्रयास गरिरहेको छ ।
इसरोले ल्यान्डर र रोवरहरू अवतरण गरेर त्यहाँको माटो परीक्षण गर्ने प्रयास गरिरहेको छ । यस जानकारीबाट चन्द्रमाको जन्मको कारण, यसको भूगोल र विशेषताहरू पनि थाहा पाउन सकिनेछ । यता अगस्ट २३ मा चन्द्रमाको सतहमा भारतको राष्ट्रिय चिह्न अशोक स्तम्भ र इसरोको लोगोको छाप छाडिनेमा इसरो आशावादी छ ।


प्रतिक्रिया