काठमाडौँ — टुटफुटको लामो श्रृङ्खला बोकेको राप्रपामा गुटबन्दीले जरा गाड्न थाल्दा निर्वाचित अध्यक्षका विरुद्ध पार्टीका नेताहरु जान थालेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमा केही असन्तुष्ट पक्षहरु अहिले उनलाई बाईपास गरेरै छुट्दै छलफलमा जुट्ने गरेका छन् । नेताहरु शक्ति केन्द्रीत राजनीतिमा लाग्दा फेरि पनि राप्रपा भित्र फुटको त्रास बढेको छ । महाधिवेशन भएको दुई वर्ष पनि नबित्दै देशकै सबैभन्दा पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको गुठबन्दी सतहमा आएको छ । राप्रपाभित्र अहिले समूह÷समूहबीच छुट्टाछुट्टै छलफल र बैठक हुने गरेको छ ।
निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट पक्षहरू उनको विकल्प खोजिरहेका छन् । जसका लागि राष्ट्रिय राजनीतिबाट निष्क्रिय भई सकेका पूर्व प्रधानमन्त्री तथा पूर्व अध्यक्ष ८५ वर्षीय लोकेन्द्रबहादुर चन्दलाई गोटी बनाई डा.प्रकाशचन्द लोहनी समूह खेल्न खोजिरहेका छन् । घरमै बसेर दिनकाटी राखेका बृद्धअवस्थाका चन्द पनि नेता कार्यकर्ताको प्रस्तावले राजनीतिमा सक्रिय हुने लाईनमा छन् । एक साताअघि चन्द निवासमा अध्यक्ष लिङ्देनलाई बाइपास गरेर राप्रपालाई जनतामाझ मजबुत रुपमा स्थापित गराउँदै सशक्त ढंगले अगाडि बढाउनेबारे छलफल भएको थियो ।
अध्यक्षको विना जानकारी बसेको यो बैठकलाई पार्टी फुटको एउटा मुख्य कडीकै रुपमा पनि हेरिएको छ । नवीन राप्रपाको नाममा लोहनी र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नयाँ गुटबन्दी सुरु गर्न खोजेको चर्चा छ । निकै अगाडी देखि असन्तुष्ट पक्षहरूको चलखेल सुरु भए तापनि पछिल्लो समय भने यसरी अध्यक्षको जानकारी विना अनौपचारिक बैठक नै राखेर असन्तुष्टि प्रकट हुन थालेको छ । तर, अध्यक्ष लिङ्देनले भने पहिलेको जस्तो कुनै नेताको घरदैलो चाहार्दैमा गुटबन्दीले काम नगर्ने भन्दै सचेत सहित चेतावनी नै दिएका छन् ।
अध्यक्ष लिङदेनलाई विधि मिच्दै गएको र निर्णय प्रक्रियामा वृद्ध नेताहरूलाई उपेक्षा गरेको आरोप लाग्ने गरेको छ । लिङ्देनले पार्टीमा सल्लाहा नै नगरि केन्द्रीय सदस्यहरू नियुयक्त गर्ने र विभागहरु गठन गरेको भन्दै निर्देशन समितिका अध्यक्ष समेत रहेका लोहनीलगायत असन्तुष्ट पक्षले पार्टी अध्यक्षको कार्यशैलीमा नै प्रश्न उठान गर्ने गरेका छन् ।
पार्टीको विधानमा ८ उपाध्यक्ष हुने व्यवस्था भए पनि धुम्बाराहीमा भवन दान दिएका दिलविकास राजोपाध्यलाई थप्दै ९ जना बनाएपछि विधिसम्मत नभई अध्यक्ष लिङ्देनको तजबिजमा पार्टी चलेको असन्तुष्ट नेताहरूको भनाई छ । यता, असन्तुष्ट पक्षको भनाईलाई खण्डन गर्दै लिङदेन पक्षले तर, भएको ठाउँमा झिँगा आउनु स्वभाविक भएको भन्दै लिङ्देन नेतृत्वको शक्तिमाथि कसैले धावा बोल्न नसक्ने चेतावनी दिएको छ ।
नेपाली राजनीतिमा लामो इतिहास बोकेको राप्रपाबाट यस पटक नेपाली जनताले ठूलो आश र अपेक्षा राखेका छन् । परिणामत जनताले २८ वर्षदेखि खिइँदै आएको पूर्वपञ्चहरुको साख जोगाइ दिए । ५ औं ठूलो दल बनाएर सदनमा पठाएको राप्रपाको नेतृत्व त फेरियो तर, पार्टी फुटको पुरानै शैली नफेरिने हो कि भन्ने डर नेता कार्यकतालाई लागेको छ ।
फुटको धेरै श्रृङ्खला पार गर्दै आएको पार्टीमा अहिले पनि युवापुस्ता पुस्ताहरूको आकर्षण राम्रै देखिन्छ । तर, पार्टीभित्र विकसित राजनीतिक घटनाक्रमबाट लिङ्देन पनि सशंकित छन् । जसका कारण लोहनी र मिश्र जस्ता प्रभावशाली नेताहरूले अध्यक्षलाई साईजमा ल्याउन खोज्दै गर्दा लिङ्देनले पनि आफ्नो राजनीतिक गुरु तथा पूर्वसहयात्री कमल थापालाई पार्टीमा भित्र्याउँदै व्याक फायर गर्ने तरखरमा लाग्दै तयारी थालिसकेका छन् ।


प्रतिक्रिया