Breaking

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालकृष्ण खाँणमाथि थाल्यो छानबिन


काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ । अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको हो । केही दिनअघि उहाँहरु दुवैजनालाई बोलाएर सम्पत्तिसम्बन्धी फारम भराउनुका साथै केही सोधपुछ गरेर छाडेका हौं’ अख्तियार उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘दुवैजनालाई सम्पत्तिको फारम भरेर बुझाउन भनिएको छ ।

त्यसपछि थप प्रक्रिया अघि बढ्छ । २०७४ सालदेखि सार्वजनिक पदमा रहेका कांग्रेस सांसद बालकृष्ण खाँण ९ पुस, २०७९ सम्म गृहमन्त्री थिए । उनी रुपन्देहीबाट निर्वाचनमा पराजित भएलगत्तै पत्नी मञ्जु खाँण समानूपातिकबाट सांसद भएकी थिइन् । मूलत नक्कली शरणार्थी प्रकरणका बारेमा यहाँ उजुरी परेको हो, तर अहिलेको अनुसन्धान सम्पत्तिमा केन्द्रीत छ’ अख्तियारस्रोतले भन्यो, ‘सार्वजनिक पदमा बसेर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेको छ । काठमाडौं सरकारी वकिलको कार्यालयको पत्राचार समेत छ । त्यही आधारमा अनुसन्धान अघि बढेको हो ।’