काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिरबाट बरामद भएको अवैध १०० किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगाल्न थालिएको छ । गत साउनमा २ गते उक्त सुन काठमाडौंको सिनमंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
राजस्व अनुसन्धान विभागले सुन जोख्ने प्रकृयाको लागि आग्रह गरेपछि आज सुन पगाल्ने र जोख्न काम थालिएको हो । सुन जोख्ने प्रक्रिया पत्रकारहरुमाझ देखाइएको छ । ब्रेक शु भित्रको सुन टक्सार विभाग परिसरमा बाहिरै राखेर सबैले देख्ने गरी निकाल्न सुरू गरिएको हो । सुन जोख्ने स्थानमा नेपाली सेना, नेपाल प्रहरीको बाक्लो उपस्थिति छ । जनतालाई देखाएरै सार्वजानिक रुपमा सुन जोखिएको हो । विमानस्थलबाट बरामद गरिएको सुन टक्सार विभागमा राखिएको थियो ।


प्रतिक्रिया