Breaking

वर्षाको वितण्डा, अझ भारी वर्षा हुन बाँकी, प्रधानमन्त्री नै चिन्तित, दैनीकी प्रभावित


काठमाडौँ — शनिबार देखि सक्रिय रहेको न्यून चापीय मनसुन सोमबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारदेखि क्रमिक रुपमा सुधार हुने भए पनि हाल परिरहेको अविरल वर्षाका कारण भने देशैभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा शुक्रबारदेखि जारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । देशका पहाडी क्षेत्रमा मेघ गर्जन सहित भारी वर्षा हुँदा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको हो ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तर तर्फ नेपाल नजिक रहेकाले शनिबार बेलुका देखि लुम्बिनी प्रदेशमा अति भारी र गण्डकी, बाग्मती र कोशीमा भारी वर्षा भइरहेको छ । जसले गर्दा सडक देखि हवाई उडानसमेत अवरुद्ध हुन पुगेको छ । मदन भण्डारी राजमार्ग, कुलेखानी–सिस्नेरी, बेनी जोमसोम सडकखण्ड लगायतका १२ सडकहरू अवरुद्ध भएका छन् भने, भिजिबिलिटी कम हुँदा उडान पनि प्रभावित बनेको छ । वर्षाकै कारण मौसम प्रतिकुल बन्दा शुक्रबार चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आईतबार बिहानै आईपुग्नु पर्ने भए पनि साझसम्म आईपुग्न सकेका छैनन् । अन्तरर्राष्ट्रिय उडान पनि केही डाईभर्ट भएका छन् भने केही रद्द नै गर्नु परेको छ ।

नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएको थियो । अझै कर्णाली र सुदूर पश्चिम प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, बर्दियामा अहिले पनि २४ घण्टामा २२६.४ मिलिमिटर पानी पर्दा अति भारी वर्षा कायम नै रहेको छ ।

लगातार परेको वर्षाले आम सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ । टाढा टाढा जिल्लाबाट काठमाडाँैमा कामले आएकाहरू मौसमकै कारण काम हुन नसकोको सुनाउँछन् । दुई दिन अघि नै काठमाडाँै आए पनि काम हुन नसक्दा दुःख पाएको गुनासो छ । जब न्यूनचापीय रेखा नेपाल नजिक आउन थाल्छ तब नेपाल र भारतको उत्तरी भूभागमा भारी वर्षा हुने गरेको छ भने दक्षिण तर्फ सर्दा कम पानी पर्ने हुन्छ । दुई दिनदेखि अविरल परेको वर्षाले नागरिकको दैनिकी नै प्रभाविभ हुँदा न्यून चापीय रेखा दक्षिण तर्फ सर्ने क्रममा छ । जसका कारणले गर्दा सोमबारसम्म सक्रिय रहेको मनसुन मंगलबारबाट भने क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा हरेक वर्ष बाढी÷पहिरोबाट व्यापक जनधन क्षति हुने गरेको छ । वर्षाको सिजनमा जोखिम बढ्ने भएकाले पूर्वसावधानी अपनाउन जरुरी देखिन्छ । देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले बाढी पहिरोबाट बच्नका लागि उचित उपाय अपनाउनु पर्ने हुन्छ । प्रत्येक वर्ष वर्षाको समयमा नेपालको तराई क्षेत्र डुवानमा र पहाडी भूभाग पहिरोको जोखिममा हुँदा नागरिकहरू त्रासमा बाच्न बाध्यछन् । तर,सरकारको ध्यान भने हरेक वर्ष आउने यस्ता विपद् नियन्त्रणमा गएको देखिदैँन ।