Breaking

सुन तस्करीको शंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा


काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्तापहिले नियन्त्रणमा लिइएको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार उनीहरूलाई शुक्रबारै रिहा गरिएको हो। उक्त प्रकरणमा उनीहरूलाई शुक्रबार बिहान अध्यागमन विभागले चीन जान लागेको बेला विमानस्थलबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरू सुन तस्करीमा संलग्नता नपाइएपछि रिहा गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको जिम्मा लगाएको थियो ।