देश

ढिलो विवाह गर्दा हुनसक्न बाँझोपन, बच्चा जन्माउने सपना अपुरै, के छ त समाधान ?


काठमाडौँ — ग्रामिण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरुको चिन्ता व्यक्त गरेका छन् । पछिल्लो केही वर्षयता युवाहरु विदेश जाने क्रम बढेको र उमेर पुगेरपनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् । पछिल्लो समय ग्रामिण तहमा बाँझोपनको समस्या बढ्दै गएको छ । केही वर्षयता युवाहरु विदेश जाने क्रम बढेको र उमेर पुगेरपनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार बाँझोपनले मानसिक समस्या विकराल बन्दै गइरहेको भन्दै सचेत रहन आग्रह समेत गरेका छन् । प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.कृतिपाल सुवेदीले बाँझोपन हुनुमा महिला र पुरुषको भुमिका समान हुने बताईन । विवाह पश्चात पुरुषहरु वैदेशिक रोजगारीमा जानुपनि बाँझोपनको कारण रहेको बताइन्छ । खाडी मुलुकमा गएका पुरुषहरु नेपालमा फर्किंदा बच्चा नहुनुको प्रमुख कारण उच्च तापक्रमले शुक्रकिट उत्पादनमा ल्याउने ह्रास रहने चिकित्सक बताउँछन् ।

एक वर्ष वा एक वर्ष भन्दा बढी समयसम्म श्रीमान श्रीमती अस्थायी परिवार नियोजनको साधन बिना यौन सम्पर्क गर्दापनि सन्तान उत्पादन नभएमा त्यसलाई बाँझोपन भनिने गरिन्छ । वंशाणुगत रोग विशेषज्ञ डा.निलम ठाकुरले बाँझोपन थाहा पाउन महिला पुरुषको स्वास्थ्य जाँच गर्नुपर्ने र बाँझोपनको कारण पत्ता लगाइसकेपछि मात्रै उपचार प्रक्रिया थाल्नुपर्ने बताइन । समाजमा बाँझोपन बढ्दै गएको भन्दै बाँझोपन सम्बन्धी सरकारले नीति ल्याउन आवश्यक रहेको चिकित्सकहरु बताउँछन् । भ्रुण रोग विशेषज्ञ डा.विनिता थापा निःसन्तानपनको उपचार गर्न केही समय लाग्ने बताउँछिन् ।

उनले निःसन्तान कसरी हुन्छ भनेर शुरुमा आम नागरिकमा जनचेतना जगाउन आवश्यक रहेको बताउँछिन् । निःसन्तानको उपचारका लागि महिनावारीको दोस्रो दिनबाट शुरु भई १३÷१४ दिनसम्म स्क्रिनिङ नै गरेर राख्ने गरिएको चिकित्सक बताउँछन् । निःसन्तानबारे जनचेतना जगाउन आवश्यक रहेको उनीहरुको भनाई छ । बाँझोपन पछिल्लो केही वर्षयता सरकारको प्राथमिकतामा त परेको छ । तर परेपनि यसको निराकरणका लागि संवद्ध निकायहरु गम्भिर बन्न नसकेको चिकित्सकहरु बताउँछन् ।