काठमाडौँ — काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा न.१० र काठमाडौं महानगर–७ को सीमा पर्ने कपन खहरे खोलामाथि राखिएको स्ल्याब हटाउन मेयर बालेनको टोली डोजर लिएर पुगेपछि विहीबार दिनभर कपन क्षेत्र तनाब ग्रस्त बन्यो । महानगरको टोलि पूर्व सूचनाविनै एकाएक डोजर लिएर पुगेपछि मुठभेडकै स्थिती पैदा भयो । दिनभर के भयो कपन क्षेत्रमा ?
काठमाडौको कपन क्षेत्र महानगरको डोजर कारण विहीबार दिनभर तनाव ग्रस्त बन्यो ।
काठमाण्डौ महानगर पालिका वडा नं ७ र बुढानिलकण्ठ नगरपालिका १० को सिमानामा पर्ने खहरे चकुन्चा खोला खोल्न दलबलसहित महानगरको टोलि डोजर लिएर पुगेपछि स्थिती झडपमै पुग्यो । महानरगको डोजरलाई अवरोध गर्न बुढानिलकण्ठ नगरपालिकाका वडा नं १० का वडाध्यक्ष नबराज ढुङगाना बकेटमै चढेपछि मुठभेडकै अवस्था आयो । महानगर प्रहरीले वडाअध्यक्ष सहितका स्थानियलाई लछार पछार गरेपछि प्रहरीनै गुहार्नु परेको थियो ।
दोहोरो झडप भएको विहीबारको यो घट्नामा प्रहरी आएपछि साम्य हुने अड्कल काटिएको थियो तर अहं माहोल झन भड्कियो ।प्रहरीले महानगरको डोजर चालकको हात बाट चावि खोसेर लछारेपछि । नेपाल प्रहरी र महानगरप्रहरीबीच फेरि केही बेर घम्साघम्सी चल्यो । डिएसपीसहतिको कमाण्डमा प्रहरी तैनाथ भएपछि डोजर रोकिएपनि दोहोरो बादविदा भने कायम थियो । बुढानिलकण्ड नगरपालिकाका जनप्रनिधिहरुले आफुहरुसंग समन्वय नगरको भन्दै महानर विरुद्ध चर्को नारावाजी गरे ।
जहां आन्दोनलनकै शैलीमा उपमेयर आफैले बुनपाको तर्फबाट भिडमा नारा लगाउँदै डोजर आतंक बन्द गर, महानगरको डोजर फिर्ता गर , भन्दै बालेन विरुद्ध खनिएकी थिइन् । यद्यपी खहरे खोलामा वारीपारी भएर आफ्नो सिमानाका रक्षामा उभिएका बुनपा बासी र महानगरपालिकाका स्थानीयबीच एकाध घण्टा दोहोरीनै चल्यो ।
बुढानिलकण्ठको तर्फबाट जनप्रनिधिसहितले बालेन विरुद्ध चर्को नाराबाजी गर्दा वारी तर्फबाट बालेनको समर्थनमा जिन्दाबादको नारा लागिरहेको थियो । महानगर क्षेत्र, वडानं ७ का स्थानीयले खोला खोलिनु पर्ने माग राखेकाछन् । उनिहरुले केही व्यक्तिको स्वार्थका कारण खोला छोपिएर ढलमा परिणत हुँदा बर्सेनी डुवानमा परेको गुनासो गरेकाछन् ।
बुढानिलकण्ठ नगरपालिका र महानगरको सिमानामा पर्ने खोलामाथिको स्ल्याब हटाउँन महानगरले एकलौटी निणर्य गरेर खोतल्न सुरुगरेपछि स्थानीयले विरोध गरेकाछन् । बुनपाको यो क्षेत्र कांग्रेस महामन्त्री गगन थापको निर्वाचन क्षेत्र हो । गगनको क्षेत्रमा बालेनको डोजरले दाँत गाडेपछि स्थिती मुठभेडमा पुगको हो । बर्षौ देखि समस्याको रुपमा रहेको कपन डुबानलाई काठमाडौं महानरपालिकाले आफ्नो क्षेत्रबाट ढल निकालेर निकास दिने तयारी गरेको छ ।
तर जनप्रतिनिधिनै यसको विरोधमा उत्रिएपछि तत्कालका लागि महानगरको प्रयास असफल भएको छ । दिनभरको घम्साघम्सीपछि डोजर रोकेर बार्ता थालिएको खोला खन्ने विषय तत्काललाई स्थगित भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच सात तलेदेखि फैकासम्मको खहरे खोला आसपासमा निर्माण गरिएका भौतिक संरचना भत्काउने कि नभत्काउने भन्ने नाँपजाँचपछिमात्रै टुंगो लगाउने सहमति भएको छ ।
त्यसका लागि बिहीबारबाटै सो क्षेत्रमा मालपोत कार्यालय चाबहिलका प्रतिनिधिसहित, काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाका अमिनले नाँपजाँच सुरु गरेका छन् । काठमाडौं महानरपालिकाको ६ र ७ तथा बुढानिलकण्ठ नगरपालिकाको ९,१० र ११ नं बडाको सिमा रहेको खोला अतिक्रमण भएपछि बर्षेनी डुबान हुँदै आएको छ ।


प्रतिक्रिया