विदेश

मार्क जुकरबर्ग र एलन मस्कबीच कुस्ती भिडन्त पक्का, कुस्तीको प्रत्यक्ष प्रसारण गर्दै

योहो संवाददाता

काठमाडौँ — फेसबुकका संस्थापक मार्क जुकरबर्ग र एक्स (साविकको ट्वीटर) का मालिक एलन मस्कबीच कुस्ती भिडन्त पक्का हुने भएको छ । मार्क जुकर्बगले ट्वीटरजस्तै ‘थ्रेड्स’ सार्वजनिक गरेपछि ट्वीटरका मालिक मस्क रिसाएका छन् । प्रविधि जगतका यी दुई अर्बपतिबीचको कुस्ती प्रत्यक्ष प्रशारण समेत हुने भएको छ । तपाई हामिले सबैभन्दा धेरै प्रयोग गर्ने सामाजिक संजाल कुन हो ? धेरैको मुखबाट फ्याट्ट जवाफ आउन सक्छ, फेसबुक र ट्वीटर । हो यी प्रविधि क्षेत्रका २ ठूला हस्ती ट्वीटरका मालिक एलन मस्क र फेसबुक मेटा माउ कम्पनीका मार्क जुकर्बगबीचको विवाद थप चुलिएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग र एक्स (साविकको ट्वीटर) का मालिक एलन मस्कबीच कुस्ती भिडन्त हुने पक्का भएको छ । एलन मस्कले एक्समा एक पोस्ट गर्दै मेटा सीईओ जुकरबर्गसँग हुने फलामे बारभित्रको कुस्ती (केज फाइट) को लाइभ स्ट्रिम अर्थात् प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । उक्त भिडन्तको प्रत्यक्ष प्रशारण सोसल मिडिया प्लाटफर्म एक्स अर्थात ट्वीटरमै हुनेछ । उक्त भिडन्तबाट हुने आम्दानीलाई परोपकारी कार्यका लागि दान गरिने पनि मस्कले दाबी गरेका छन् । केही महिनायता मस्क र जुकरबर्गबीच हुने कुस्तीको विषय चर्चामा रहँदै आएको छ ।

हालै अल्टिमेट फाइटिंग च्याम्पियनशिपका अध्यक्ष डाना ह्वाइटले पनि मस्क र जुकरबर्ग बीच कुस्ती भिडन्त हुने पुष्टि गरेका छन् । छिटै नै यी दुईबीच कुस्ती भिडन्त हुने बताएपनि उनले मिति चाहिँ खुलाएका छैनन् । वास्तवमा एलन मस्क र मार्क जुकरबर्गबीचको कुस्तीको कहानीको सुरुवात पि नाईन्टी टु परियोजनाबाट सुरु भएको थियो । जसलाई मेटाले हालै ट्वीटरको प्रतिस्प्रर्धी थ्रेड्स नामको एपका रुपमा लञ्च गरेका छन् । मस्कको उक्त चिन्ताको जवाफमा एकजना प्रयोगकर्ताले मार्क जुकरबर्गसँग मस्कलाई सावधान हुन सुझाएका थिए । जुकरबर्गले मार्सल आर्ट जिउ जित्सु सिकेको हुनाले मस्क उनीसँग सतर्क हुनुपर्ने सुझाव ती सोसल मिडिया प्रयोगकर्ताको थियो ।

त्यसको जवाफमा मस्कले आफू केज फाइट अर्थात फलामे बारको पिँजडाभित्र गरिने कुस्तीका लागि तयार भएको बताएका थिए । मस्कको सो प्रस्तावयुक्त ट्वीटको स्क्रिनसट इनस्टाग्राममा पोस्ट गर्दै मार्क जुकरबर्गले पनि आफू तयार भएको भन्दै भिडन्त कहाँ गर्ने ठाउँ बताउन भनेका थिए । त्यसपछि उनीहरु भिडन्त गर्ने ठाउँ लस भेगास अष्टकोनमा तय भएको थियो । मार्क जुकरबर्ग र एलन मस्कबीच हुने पिँजडा भिडन्त केज फाइट एक प्रकारको कुस्ती हो जसमा दुईजना कुस्तीबाजहरु फलामे बारको पिँजडाभित्र विभिन्न कौशलसाथ कुस्ती खेल्दछन् । प्रविधि जगतका यी ठुला दुई अर्बपतिबीचको पछिल्लो समयको यस्तो निर्यणले प्रयोगकर्तामा के सन्देश जाला ?