विदेश

वकिलहरूलाई इमरान खानले भने जेलमा झिंगा र लामखुट्टेले सतायो, छिटो निकाल

योहो संवाददाता

काठमाडौँ — थुनामा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले आफूले जेलमा बस्न नचाहेको भन्दै छिटो भन्दा छिटो जेलबाट निकाल्न आफ्ना वकिलहरूलाई आग्रह गरेका छन् । जेलमा आफूलाई दिउँसो झिंगा र रातिको समयमा लामखुट्टेले सताउने गरेको उनले बताएका वकिलहरूलाई उदृत गर्दै पाकिस्तानको जिओ न्यूजले जनाएको छ । पाकिस्तानको एक अदालतले खानलाई तोशखाना मामिलामा ३ सालको जेल सजाय सुनाएको छ । इस्लामावादको अदालतले जेल सजाय सुनाए लगत्तै गत शनिबार ७० वर्षका इमरान खानलाई प्रहरीले घरबाटै पक्रेको थियो ।

उनले आफूले पाएको सजायविरुद्ध इस्लामावाद उच्च अदालतमा अपिल गरेका छन् । सोमबार इमरान खानका वकिल नईम हैदर पन्जोठाले जेल प्रशासनबाट इमरानसँग भेटघाटको अनुमति पाएका थिए । पन्जोठाले पूर्वप्रधानमन्त्री इमरानलाई जेलमा खराब स्थितिमा राखेको र सी क्लासको सुविधा दिएको आरोप लगाएका छन् । यी सबका बावजुद इमरान खानको हौसला बुलन्द छ,’ पन्जोठाले भने, ‘गुलाम हुनुभन्दा त पूरै जिन्दगी जेलमा बिताउन मञ्जुर रहेको उहाँले बताउनुभएको छ ।

इमरान खानमाथि सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहँदा पाएका उपहार शक्तिको दुरुपयोग गर बेचेको आरोप छ । ती उपहार उनलाई विदेश भ्रमणका क्रममा मिलेका थिए, जसको मूल्य १४ करोड पाकिस्तानी रुपैयाँ बराबरको छ । पाकिस्तानका शीर्षा नेताले पाएका उपहार सरकारी खजान तोशखानामा जम्मा गर्नु पर्ने कानुनी व्यवस्था छ ।