Breaking

सरकारले सहकारी पीडित झुक्यायो, पैसा फिता हुने छैन आधार, आन्दोलन भने स्थगित


काठमाडौँ — सरकार र सहकारी पीडितबीच सातबुँदे सम्झौता भएको छ । सिंहदरवारस्थितभूमिव्यवस्था, सहकारी तथागरिवीनिवारणमन्त्रालयमाभएको सम्झौतासँगै आन्दोलनकाकार्यक्रमहरू स्थगितगरिएको छ । माईतीघरमा २४ घण्टे धर्ना थालेको ६५ दिन पछि सरकारले ७बुँदे सहमति गराएर पीडितको आन्दोलनका कार्यक्रमहरु स्थगित गराएको हो ।

आफ्नो वचत रकम माग गर्दै २ महिना देखि माईतीघर मण्डलामा २४ घण्टे धर्नामा बसेका सहकारि पीडितहरुको आन्दोलन विहीबार वानेश्वरमा रहेको संसद भवन नजिक केन्द्रीत हुँदै थियो । आफ्नो बचत रकम ब्याज सहित फिर्ता पाउनु पर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गराउनु पर्ने लगायत माग राख्दै ६५ दिन सम्म माईतीघरको चिसो भुईमा धर्नामा बस्दासमेत सरकारले कुनै सक्रियता नदेखाए पछि उनीहरु विहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरतर्फ अघिबढ्दै थिए ।

भिडियो