काठमाडौँ — अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको आरोपमा विभिन्न ४ वटा अभियोग लगाईएको छ । ट्रम्पमाथि अमेरिकाविरूद्ध षड्यन्त्र गरेको, साक्षीलाई प्रभाव पारेको, नागरिकको अधिकारविरूद्ध षडयन्त्र गरेकोसहित चार वटा आरोप लगाइएको हो । यतिबेला अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विश्व मिडियाको केन्द्रमा छन् ।
अमेरिकाको इतिहासमा पहिलो पटक चुनावी नतिजा उल्ट्याउने प्रयास गरेको भन्दै आपराधिक अभियोग लगाएर अदालतमा मुद्दा दायर भएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउने प्रयास गरेको आरोपमा विभिन्न ४ वटा अभियोग लगाईएको छ । ४५ पृष्ठको अभियोगमा ट्रम्पविरुद्ध अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, आधिकारिक काम कारबाहीमा बाधा पु¥याएको, चुनावी परिणाम अनुमोदन गर्ने प्रक्रियामा अवरोधको प्रयास गरेको र जनताको अधिकारविरुद्धको षड्यन्त्र गरेको अभियोगपत्र दायर गरिएको हो ।
ट्रम्पमाथि आपराधिक अभियोग लगाईएको यो तेस्रो पटक हो । यसअघि ट्रम्पविरुद्ध गोप्य कागजातको दुरुपयोग आरोपमा मुद्दा चलिरहेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यामका अनुसार संघीय अभियोजनकर्ताहरूले डिस्ट्रिक्ट कोर्ट इन वासिङ्टनमा ट्रम्पविरूद्ध अभियोग पत्र दर्ता गरेका छन्, भने ट्रम्प भोलि अदालतमा उपस्थित हुने जनाएको छ । अभियोग पत्रमा सन् २०२० को चुनाव आफूले जितेको भन्दै ट्रम्पले अफवाह फैलाएको र जसरी पनि सत्तामा बस्न उनले समर्थकहरूलाई हिंसामा उत्रिन उकासेको दाबी गरिएको छ ।
२०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका ट्रम्प सन् २०२० मा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएको थियो । ट्रम्पले चुनावमा धाँधली भएको र आफूलाई हराइएको भन्दै समर्थकलाई प्रदर्शनमा उतारेको अभियोग लगाएर अदालतमा मुद्दा दर्ता भएको हो ।
पुनः राष्ट्रपति पदमा चुनाव लड्ने घोषणा गरेका ट्रम्पले भने आफूले कुनै पनि गल्ती नगरेको दाबी गर्दै आएका छन् । अमेरिकाका कुनै पूर्वराष्ट्रपतिलाई चुनावी नतिजा उल्ट्याउन प्रयास गरेको भन्दै आपराधिक अभियोग लगाएर अदालतमा मुद्दा परेको यो पहिलो पटक हो । यसैगरी संधै मुद्धामामिलामा मात्रै तानिने हो भने रिपब्लिकन पार्टीका नेता ट्रम्पलाई अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनमा निकै ठुलो झट्का लाग्ने सम्भावना छ ।


प्रतिक्रिया