Breaking

संवैधानिक परिषद्को बैठकले आज पनि नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन


काठमाडौँ — संवैधानिक परिषद्को बैठकले आज पनि नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । आज सिंहदरबारमा बसेको परिषद् बैठक आउँदो १८ गते बस्ने गरी बिना निष्कर्ष टुंगिएको छ । प्रधानन्यायाधीशलगायतका विषयमा कुराहरु उठे पनि ठोस निष्कर्ष केही नभएको बताइएको छ ।

परिषद्मा सहभागि एक सदस्यका अनुसार आउँदो १८ गते बस्ने बैठकले सबै संवैधानिक निकायका पदहरुको एकैचोटी निर्णय गर्ने गरी आजलाई बैठक टुंग्याइएको हो । अहिले सर्वोच्चका न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ पहिलो नम्बरमा रहेका छन् । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भए पनि अहिलेसम्म नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको छैन ।