काठमाडौँ — भारतबाट ग्याँसको मूल्य घटेर आएको छ भने डिजल र पेट्रोलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार ग्यासको मूल्य प्रतिसिलिण्डर १०० रुपैयाँले घटेको छ भने पेट्रोल प्रतिलिटरमा ७ रुपयाँ ८७ पैसा र डिजेल प्रतिलिटरमा ६ रुपैयाँ ६१ पैसाले बढेर आएको छ ।
मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढेर आएको छ । यसरी हरेक १५, १५ दिनमा मूल्य सूची आउने छ । नेपालमा स्वचालित प्रणाली लागू भएकाले सोही अनुसार मूल्यमा घटबढ हुनेछ । त्यसैको आधारमा मूल्य निर्धारण हुने नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । उनका अनुसार आज बोर्ड बैठक बस्नेछ । त्यही बैठकले आज राती देखिनै लागू हुने गरी मूल्य समायोजन गर्नेछ ।


प्रतिक्रिया