Breaking

काठमाडौँका यी नदीमा जलसतह बढ्यो, होसियारी अपनाउन सुझाव

योहो संवाददाता

काठमाडौँ – काठमाडौँ उपत्यकामा बाढी र डुबानको खतरा रहेको भन्दै होसियारी अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ।

विभागले आज बिहान सूचना जारी बागमती नदीका सहायक नदीमा जलसतह बढ्दो रहेकाले यी नदी आसपासमा डुबानको खतरा देखिएको जानकारी दिएको हो।
‘हाल काठमाडौं उपत्यका बागमतीको सहायक नदी मनोहरा, हनुमन्ते लगायतमा जलसतह बढ्दो छ’, सूचनामा भनिएको छ, ‘मनोहरा, बालकुमारी जलमापन केन्द्रमा जलसतह सतर्कता नजिक पुगेकाले मनोहरा, हनुमन्ते आसपासका डुबान हुने बस्तीमा रहनुहुनेहरू र नदी किनारको सडक भई यात्रा गर्द सतर्कता अपनाऔँ।’