Breaking

बालुवाटार गेटमा प्रचण्डविरोधी नारा, गुनासो पोख्न व्यवसायी पुगे ओलीको दैलो, विकास ठप्प पार्ने चेतावनी


काठमाडौँ — निर्माण कार्यको भुक्तानी र म्याद थपलगायत नौबुँदे माग राखेर निर्माण व्यवसायीहरु केही दिनदेखि आन्दोलनरत छन् । पहिलो चरणमा प्रधानमन्त्री कार्यलयदेखि विकासे मन्त्रालयमा ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गरेका उनीहरुले आफूहरुको माग सम्बोधन नभएपछि चरणबद्ध आन्दोलन गरिरहेका छन् । आफ्ना मागमा गम्भीरता नदेखाएको भन्दै उनीहरुले सोमबार प्रधानमन्त्री निवास बालुवाटार घेरेका छन् ।

सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट रूपमा म्याद थप हुनुपर्ने लगायत ९ बुँदे मागसहित लामो समयदेखि आन्दोलनमा छन् । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयमा अल्टिमेटमसहितको ज्ञापनपत्र नै बुझायो । गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि ज्ञापनपत्र बmुभाएर आन्दोलन सुरु गरेको निर्माण व्यवसायी थप ससक्त आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागहरुमा सम्बनिधत निकायले गम्भीरता नदेखाएको भन्दै उनीहरुले सोमबार प्रधानमन्त्री निवास बालुवाटार घेरेका छन् ।

निर्माण व्यवसायीहरुले यसअघि पनि सात वर्टै प्रदेशमा प्रदेश महासंघहरूले मुख्यमन्त्री र ७७ जिल्ला संघहरूले जिल्लास्थित जिल्ला प्रसाशन कार्यालयमा अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । महासंघका माग पूरा गर्ने आफ्नो प्रतिबद्धताबाट राज्य पछि हटेकाले बाध्य भएर आन्दोलित हुनुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रिव सिंहको गुनासो छ ।

अत्यधिक र अप्रत्याशित रूपले भएको मूल्यवृद्धि सम्बोधन हुनेगरी मूल्य समायोजन गरिनुपर्ने, बैंक ग्यारेण्टी जफत गर्ने लगायत कारबाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धि खारेज गरिनुपर्ने र स्रोतमा कट्टा गरेको अग्रिम आयकर तथा मूल्य अभिवृद्धि करको कट्टी रकम समयमै नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्नेलगाय मग निर्माण व्यवसायीहरुको छ । उनीहरुकोचरणबद्धआन्दोलन प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ ।बिडम्बना सरकारलाई पटक पटक गुहारर्दासमेत सम्बन्धित निकाय भने कुनै कदम अघि बढाउन तयार भईरहेको छैन ।सार्वजनिक खरिद अनुगमन कार्यालय देखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्म पुग्दा निर्माण व्यवसायीहरुको मागमा कोही गम्भीर भएनन् । तर,भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला भने राम्रो काम गर्ने निमार्ण ब्यवसायीलाई प्रोत्साहन गर्ने,समन्वय

महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा धर्ना दिएका निर्माण व्ययवसायीहरु सरकारले काम गर्ने वातावरण सिर्जना नगरेको, व्यवसायीको बद्नाम हुने काम भएको भन्दै रुष्ट छन् । लामो समयदेखि आन्दोलनरत निर्माण व्यवसायीहरुको मागमा कि त सरकारले उचित सम्बोधन गर्नुपर्यो, हैन भने सम्बोधनको आश्वासन मात्रै दिएर बस्नु उचित नहोला कि ?