काठमाडौँ — स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक सत्याग्रहमा बस्दै आएका डा. गोविन्द केसी पुन सत्याग्रहमा बस्ने भएका छन् । यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन गर्न उनले १४ दिनको समय सीमा दिएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै डा. केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको बताए । ‘चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने प्रयास भइरहेको छ ।
राज्यका निकायहरू दलीय कार्यकर्ता भर्तिकेन्द्र बनेका छन् पत्रकार सम्मेलनमा डा. केसीले भने, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन अल्टिमेटम दिन चाहन्छौ । उनले शुल्क बढाउने सीटीईभीटीको निर्णय खारेजी, सबै प्रदेशमा मेडिकल कलेज पुर्याउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्ने लगायतका मागसहित सरकारलाई अल्टिमेटम दिएका हुन् । पछिल्लो पटक डा. केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारबारे २०७९ असोजमा सहमति भएको थियो ।


प्रतिक्रिया