काठमाडौँ — अर्थतन्त्रलाई चलायमान बनाउन भन्दै केन्द्रीय वैकले चालु वर्षका लागि मौद्रिकनीति सार्वजनिक गरेको छ । विश्व अर्थतन्त्रमा देखिएका समस्या अझै बाँकी रहेको र नेपाली अर्थतन्त्रमा पनि चुनौतिकायम रहेकाले असमान्य अवस्थामा आएको मौद्रिकनीति सन्तुलन कायम गर्ने गरी आएको राष्ट्र वैंकको दाबी छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघलेसमेत राष्ट्रवैंकले ल्याएको मौद्रिकनीतिलाई सकारात्मक रुपमा हेरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ का लागि आईतबार मौद्रिकनीति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्ने तर्फ मौद्रिक नीतिको प्राथमिकता रहेको जनाएको छ । ठूला कर्जाहरुको अनुगमन, नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने, कर्जाको अधि केन्द्रीकरण कम गर्दै लैजाने, साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिकता दिने र कर्जाको गुणस्तर तथा पहुँच अभिवृद्धि गरी वित्तीय स्थायित्व प्रवद्र्धन गर्नेतर्फ मौद्रिक नीतिलाई सहयोग पुग्ने गरी नियामकीयनीतिहरु तर्जुमा गरिएको राष्ट्रवैंकले सार्वजनिक गरेको मौद्रिकनीतिमा भनिएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याईएको राष्ट्र वैंककागभर्नर महाप्रसाद अधिकारी दाबी गर्छन् ।


प्रतिक्रिया