Breaking

सुनकाण्डमा नारायणकाजी ! टापबहादुर र बालकृष्णपछि जेल जाने पालो माओवादी नेताको ?


काठमाडौँ — अनियमितता र ठुला प्रकरणहरुमा पार्टीका शिर्ष नेतृत्व जोडिने गरेको नयाँ घटना हैन । जहाँ नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा कांग्रेस एमालेका नेता डामिदा पछिल्ला सुन काण्डमा भने माओवादी केन्द्रका केही नेताको नाम चर्चामा आएको छ । आफ्ना नेता जेल पुगेको झड्कामा कांग्रेस र एमालेका नेताहरुसुन काण्डमा माओवादी केन्द्रका नेताको नाम लिईरहेका छन् । फलतः सुन प्रकरण डिससिम हुनसक्ने भाष्य निर्माण भईरहेको छ ।

आफ्ना नेता वालकृष्ण खाँणको जेल यात्राले पिडामा रहेको कांग्रेस र टोपबहादुर रायमाझि जस्ता नेता फसेपछि रिसाएको एमालेले पछिल्लो सुन प्रकरणमा भने माओवादीमाथि नै प्रश्न उठाएका छन् । नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरण दुवैमा राजनीतिक स्वार्थ हेरिएको भाष्य निर्माणमा लागेका उनीहरु यसमा माओवादीका नेता नफस्नुमै पनि प्रश्न गर्दै आएका थिए । आफ्ना नेता खुई खुई जेल जाने तर ललिता निवासमै जोडिएका डा.बाबुराम भट्टराई र माधव नेपाल किन जोगिने भन्दै पिडा पोख्दै आएको एमालेले दिनानाथ शर्र्मा जोगिएको विषयलाई समेत पचाउन सकेको छैन ।

जहाँ त्यहि कामले वाहिवाहि पाँउदै सरकार वलियो बन्ने र नयाँ वैल्पिक समिकरण नबन्ने स्थितीले एमालेका नेता र कांग्रेसकै पनि एक हिस्साका नेताहरुको टाउको दुखिरहेको छ । यहिविचमा यसअघि सेटिङमै विद्युतीय चुरोटमा नक्कली सुन तस्करी भएको विषयमा माओवादीका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा जोडिएका थिए । जसको प्रमाण सहितका खवरहरु वाहिरिएपनि अनुसन्धानको सुई त्यतातर्फ अघि बढेको छैन भने यसअघि नै पनि महराले आफूहरु सुन तस्करीका साना माछा मात्र भएको भन्दै सार्वजनिक रुपमै स्वीकारेका थिए ।

यहि परिस्थितीका विच बुधवार समातिएको १०० केजी सुनमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ कै हात रहेको एमाले नेताहरुले हल्ला फिजाएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षाघेरा बाट अहिलेसम्मकै ठुलो परिमाणमा सुन बाहिरिनुले त्यसमा गृहमन्त्री जोडिने उनीहरुको तर्क छ ।फलत ः राष्ट्रिय सभामै यो तस्करीमा गृहमन्त्रीके संलग्नता देखिएको भन्दै सुरक्षामाथि प्रश्न उठेको विषयमा गृहमन्त्री जिम्मेवार हुनुपर्ने एमाले नेताहरुले बताएका थिए ।

यहि मौकाको फाईदा उठाँउदै वालकृष्ण खाँणको निकट नेता नेपाली कांग्रेसका केन्द्रिय सदस्य जितजंग बस्नेतले सुन तस्करीमा गृहमन्त्रीको पनि नाम आइरहेको उल्लेख गर्दै उनको राजिनामा माग्न जानुपर्ने प्रस्ताव नै गरेका छन । जहाँ कोईराला पक्षमा नेता तथा सांसद सुनिल शर्माले त यसैमा दोहोरो तिर मारेका छन ।

अर्थात त्यतिका परिमाणको सुन सुरक्षा घेरा र भन्सारले थाहा नै नपाई वाहिरिने कुरा सम्भव नभएको बताँएका उनले सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने माग राखेका हुन ।

हुन पनि राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्रीको सचिवालयमै हुदै सुन तस्करी हुदै गरेको सुचना प्राप्त भएका खवरहरु बाहिरिएका छन । जसबारे उनलेगृह मन्त्रालय, भन्सार विभाग, विमानस्थल भन्सार कार्यालय र त्यस मातहतका निकायलाई जानकारी दिएका थिए। तर त्यति बेला उनले दिएको सूचनालाई कसैले वास्तै गरेनन भने त्यति बेला सुन बरामद र व्यक्ति पक्राउ पर्ने दुवै काम समेत भएन ।

यद्यपी तीन महिना अघि माात्रै दर्ता भएर अहिलेको सय केजी सुन आयातकर्ता बनेको‘रेडी ट्रेडर्स प्रालि’यसअघि पनि २२ पटक ब्रेक सु ल्याएको तत्थ्यले भने उनको सुचना सत्य रहेको प्रष्ट भएको छ । तर वेवास्तामा परेको त्यहि सुचना उनी राजस्व अनुसन्धान आयोगकै वेला चरितार्थ हुनु र त्यसमा पनि सुरक्षा र भन्सारकै घेराभन्दा बाहिर सुन पक्राउ पर्नुले समेत यी दुईका तालुक निकायमाथि प्रश्न उठेको छ ।

जहाँ बरामद भएको सुनका विषयमा समेत ढुंगानाले प्रहरीलाई जानकारी नगराई प्रधानमन्त्रीलाई नै फोन घुमाउनु र उनकै ग्रिन सिंगनलमा विभागले सुन समात्न सफल हुनुले समेत प्रश्न उब्जाएको छ । जसले दवावमा परेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सक्रियता बढाएका छन । गृह मन्त्रालयमा बैठक र प्रधानमन्त्री प्रचण्डसँग उनको निवास बालुवाटारमा छलफल गरेपछि उनले विमानस्थलको पनि अनुगमन गरेका छन्। जहाँ उनले सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

हुन त साढे ३३ किलो सुन तस्करीका वेला सरकारमा रहेको एमालेले समेत त्यसलाई निष्कर्षमा नपुर्याएको उदाहरण धेरै पुरानो छैन । जसको प्रतिवेदन समेत सार्वजनिक हुन नसकेको अहिलेको अवस्थामा यो प्रकरणमा अहिले नै गृहमन्त्रीलाई निशाना बनाउन नहुने एकाथरिको तर्क । तर पछिल्ला दिनहरूमा नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा अपचनल प्रकरणमा उच्च राजनीतिक संलग्नता देखिएको उदाहरण र ती प्रकरणमा पक्राउ परेकाहरूभन्दा पनि माथिल्लो तहका नेता वा तिनका निकटस्थहरू संलग्न रहेको भन्दै असन्तुष्टिहरू सार्वजनिक रूपमा प्रकट हुँदै आएका छन्।

यहि असन्तोषका विच अहिलेको सुन तस्करी प्रकरणमा पनि ठूला व्यापारीको लगानी र उनीहरूलाई राजनीतिक संरक्षण रहेको आशङ्का गर्नेहरू पनि छन्। जुन आशंकाको सुई माओवादीतर्फ घुम्ने परिस्थिती बन्दा प्रतिपक्षी दल र कांग्रेसकै रिसाएका नेताहरु त्यतातर्फ लागि परेका छन ।