काठमाडौँ — राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने विषय औचित्यहीन र अनावश्यक भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले खर्च घटाउने नाममा सेनाको आकार घटाउने विषयमा छलफल गर्नु उचित नहुने बताएका हुन् ।
कुनै पनि राज्य बन्नका लागि भूमि, अधिकार सम्पन्न जनता स्वतन्त्र सरकार र सेना गरी चार अंग आवश्यक पर्ने गौतमले बताए । ती चार अंगमध्ये एउटा अंग कमजोर भए पनि दुर्घटना व्यहोर्नुपर्ने उनको भनाइ छ । राज्यका चार अंग छन्, एउटा अंग कमजोर भयो भने हामीले दुर्घटना ब्यहोर्ने भन्दा केही हुन्न । त्यसैले नेपाली सेनालाई हामीले अपमान गर्न हुँदैन उनले भने । नेपाली सेनाले धेरै अप्ठयारो परेका बेला नेपालको रक्षा गरेको भन्दै गौतमले सेनाबारे बहस गर्नेहरुलाई इतिहास पढ्न सुझाव दिए ।


प्रतिक्रिया