Breaking

एलओडीमा मातेकी किशोरीलाई बलात्कार गर्ने कोइराला कारागार चलान


काठमाडौँ — ललितपुर जिल्ला अदालतले एलओडी क्लबमा मदिराले मातेकी किशोरीलाई सानेपा पुर्‍याएर बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कारागार चलान गरेको छ । कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई कारागार चलान गर्ने आदेश भएको हो । कोइरालाले १५ वर्षीया किशोरीलाई जेठ ३१ गते सानेपास्थित आफ्नो अफिस कोठामा बलात्कार गरेको आरोपपछि प्रहरीले तत्कालै उनलाई पक्राउ गरेको थियो ।

कोइराला राती किशोरीबीच राति एलओडी क्लबमा भेट भएको थियो । त्यसअघि उनीहरुबीच भेटघाट भएको थिएन । प्रहरी अनुसन्धानमा कोइरालाले पीडित किशोरीले भने बमोजिम एलओडीमा मदिरा किनिदिएको र सात हजार रुपैयाँमा रात बस्ने सहमतिअनुसार आफ्नो अफिस कोठामा पुर्‍याएको बताएका थिए ।

यद्यपी कोइरालाले शारीरिक सम्पर्क गरेको भने अस्वीकार गरेका थिए । पीडित किशोरी बुढानिलकण्ठस्थित दिदीको घरमा उदयपुरबाट भेटघाटका लागि आएकी थिइन् । सामाजिक सञ्जालबाट चिनजान भएकी साथीमार्फत त्यस दिन उनी एलओडीमा रमाइलो गर्न पुगेको उनले प्रहरीमा बताएकी थिइन् । क्लबमा पीडित किशोरीलाई छाडेर ती साथी हराएकी थिइन् । पीडित किशोरीका अनुसार ती साथीसँग भेटाई दिने भन्दै कोइरालाले गाडीमा हालेर उनलाई लगेका थिए ।