काठमाडौँ — नायिका एवं मोडल एलिजा गौतमले आफूले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् । पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर राजनीतिमा जोडिएकी गौतमले देश र जनताको सेवा गर्ने भन्दै राजनीति त्यागेको घोषणा गरेकी हुन् । गौतमले राजनीति त्यागेको घोषणा बिहीबार फेसबुकमा लामो स्टाटस लेख्दै गरेकी हुन् ।
उनले उक्त स्टाटसमा धरानका मेयर हर्क साम्पाङलाई भेटेर आफू उनको कामबाट प्रभावित भएको बताएकी छन् । गौतमले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन् । साथै उनले साम्पाङलाई भेटेर वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उक्त स्टाटसमा उल्लेख गरेकी छन् ।


प्रतिक्रिया