काठमाडौँ — भारतमा जनताले चुनेर पठाएका जनप्रतिनिधिले बेलाबखत उछ्रिङखल गतिविधि गर्ने घटना कुनै नौलो होइन । एक युवकको टाउकोमा पिसाब गर्ने पूर्वसांसद पक्राउ परेका छन् । मध्य प्रदेशको सीधी जिल्लामा एक युवकमाथि पिसाब गर्ने पूर्व विधायक प्रतिनिधि प्रवेश शुक्लालाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पार्टी स्थापना नै हिन्दु धर्म र मानवतालाई आधार बनाएर खुलेको पार्टी भारतीय जनता पार्टीको गतिविधि भने पछिल्लो समय उछ्रिङखल हुने गरेको देखिन्छ ।
देशकै नेतृत्व गरिरहेको भारतीय जनता पार्टीबाट सांसद समेत भईसकेकोहरु नै अपाच्य गतिविधि देखाईरहेका छन् । केदारनाथ शुक्लाकाबाट पुर्वसांसद समेत रहेका भाजापा नेता प्रवेश शुक्लाले मानसिक रूपमा अपाङ्गता भएका आदिवासी युवाको शरीरमा पिसाब फेरेको विषय अहिले चर्चामा छ । यससँगै यो घटना राजनीतिकरणसमेत हुन थालेको छ । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनाको छानबिन गर्ने घोषणा गरेका छन् । चौहानले यो घटना अत्यन्त निन्दनीय रहेको र उनीमाथि कडा भन्दा कडा कारबाही गर्न भनेका छन् ।
सार्वजनिक भएको भिडियो फुटेजका कारण निक्कै आलोचना भईरहँदा भाजपा भने रक्षात्मक देखिएको छ । तर, मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै भाजपाका सबै नेताहरूले प्रवेश शुक्लाको कार्यप्रति भने असन्तुष्टि जनाएका छन् । यो घटनासँगै विपक्षी दल कांग्रेसले भाजपाको चर्को आलोचना गरिरहेको छ । कांग्रेसले यसलाई बीजेपी शासनमा मध्य प्रदेशमा आदिवासीहरूमाथि अत्याचार भएको प्रमाणको रूपमा हेरेका छन् । भिडियोमा अभियुक्त प्रवेश शुक्लाले चुरोट पिउँदै आफ्नो अगाडि बसेको व्यक्तिको अनुहारमा पिसाब गरेको देखिन्छ ।
प्रहरी नायब महानिरीक्षक मिथिलेश शुक्लाका अनुसार यो घटना कुब्री गाउँको हो । आरोपित प्रवेश शुक्लालाई भारतीय दण्ड संहिताको राष्ट्रिय सुरक्षा ऐन, एससी÷एसटी ऐन र धारा २९४ (सार्वजनिक स्थानमा अश्लील कार्य) र ५०४ (शान्ति भंग गर्ने उद्देश्यले जानाजानी अपमान) अन्तर्गत मुद्धा दर्ता भएको छ । पञ्जाप कर्नाटक दिल्ली लगायत ठाउँबाट बढारिन थालेको भाजपा यस्तै गतिविधिका कारण निरन्तर ओरालो यात्रामा छ । यो किसमिको गतिविधि गर्दै जाने हो भने अन्य ठाउमा पनि भारतीय जनता पार्टीले हारको सामना गर्नु पर्ने देखिन्छ ।


प्रतिक्रिया