Breaking

आजको मौसम : दिनमा भन्दा राति बढी वर्षाको सम्भावना, तराईमा हावाहुरीको अनुमान

योहो संवाददाता

काठमाडौँ – दैनिक वर्षा हुने क्रम जारी छ । अहिले बिहान पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो । मौसम महाशाखाका अनुसार आज दिनमा भन्दा रातमा बढी वर्षा हुने सम्भावना देखिएको छ ।

दिउँसो (भन्नाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाका अनुसार राति (भन्नाले आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।